काठमाण्डौ । आज बजार करिब १४ अंकले घटेर बन्द भएको छ । बजार घट्दा आज कारोबार पनि घटेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा वियरिस प्रकृतिको क्याण्डल बनेको छ ।
यो भनेको अघिल्लो दिन बनेको शुटिङ स्टार भ्यालिड बन्न पुगेको हो । यसले सम्भावित रुपमा बजारमा केही बिक्री दबाब आउन पनि सक्ने देखिन्छ । बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज अपर ब्याण्डमा बियारिस प्रकितिको क्याण्डल बनेको छ ।
आज अपर ब्याण्डमा प्रतिरोध सामना गरेको बजार अब अधिक करेक्सन भएको खण्डमा मध्य ब्याण्डसम्म आउन सक्छ । म्याक्डिमा यसअघि बनेको बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । आरएसआई बुलिस यात्रामा ६० भन्दा माथि नै चलेको छ ।
पिभट् मार्फत नियाल्दा आज २७१५ विन्दुमा बन्द भएको बजारले क्रमशः २७०४ , २६३५ र २५८८ विन्दुमा सपोर्ट लिन सक्छ । बढेमा भने बजारले २७५० , २८२० र २८८८ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ । आगामी कारोबारमा बजार बढेको खण्डमा आज बनेको बियरिस क्याण्डल इन्भ्यालिड हुन पनि सक्छ । जसको लागि बजार आगामी कारोबारमा २७०० विन्दुभन्दा माथिबाट नै फर्कनु पर्ने हुन्छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।