काठमाण्डौ । कुथेली बुखरी स्मल हाइड्रोपावर लिमिटेडको आम्दानी घट्दा नाफामा गिरावट आएको छ । कम्पनीले चालु आर्थिक वर्ष २०८१/८२ को दोस्रो त्रैमाससम्ममा ८८ लाख ४६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा १४.२७ प्रतिशतले कम हो ।
अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले १ करोड ३ लाख रुपैयाँ खुद नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानीमार्फत १ करोड ९९ लाख रुपैयाँ आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ७.८५ प्रतिशतले कम हो । कम्पनीले अघिल्लो आवमा विद्युत बिक्रीमार्फत २ करोड १६ लाख रुपैयाँ आर्जन गरेको थियो ।
कम्पनीले यो अवधिसम्म ३१ लाख ३२ हजार रुपैयाँबराबरको प्रशासनिक खर्च र १८ लाख ७० हजार वित्त खर्च गरेको छ । अघिल्लो आवमा कम्पनीको प्रशासनिक खर्च ५६ लाख ७६ हजार रुपैयाँ थियो ।
कम्पनीको चुक्तापूँजी १२ करोड १८ लाख रुपैयाँ छ भने रिजर्भको आकार ६ करोड १८ लाख रुपैयाँ रहेको छ । कम्पनीको दीर्घकालिन कर्जा ३ करोड ७३ लाख र अल्पकालिन कर्जा १० लाख ५२ हजार रुपैयाँ रहेको छ । १ करोड ४६ लाख रुपैयाँबराबरको कुल चालु सम्पत्ति भएको कम्पनीको कु्ल चालु दायित्व २० लाख १८ हजार रुपैयाँबराबर रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)१४.५२ रुपैयाँ, प्रतिसेयर नेटवर्थ १५०.७३ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य १८३ रुपैयाँ र मूल्य आम्दानी अनुपात १७१.५१ गुणा कायम भएको छ ।