सोमबार, श्रावण १८,२०८३ 11:58:23
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:58:23
Bizshala
Global IME Bank Limited

पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो

पाथीभरा केबुलकारको काम स्थगित, यातायात बन्द खुल्यो
New Office

काठमाण्डौ । ताप्लेजुङस्थित पाथीभरा (मुक्कुमलुङ) क्षेत्रमा निर्माण सुरु गरिएको पाथीभरा केबुलकारको काम स्थगित भएको छ । केबुलकार निर्माण विवादबारे सरकार र आन्दोलनरत पक्षबिच भएको वार्तामार्फत ६ बुँदे सहमति भएपछि निर्माणको काम स्थगित हुनुको साथै एकसाता लामो यातायात बन्द खुलेको हो ।

सरकार र आन्दोलनरत पक्षबिच सोमबार र मङ्गलबार भएको वार्ताबाट केबुलकार निर्माणको काम तत्कालका लागि स्थगित गर्ने र यातायात बन्द फिर्ता लिने लगायतका विषयमा सहमति भएको हो । पाथीभरा केबुलकार परियोजना सुरु भएदेखि नै परियोजनाको विरोध हुँदै आएकोमा पछिल्लो पटक निर्माणको काम थलेपछि थप द्वन्द्व बढेको थियो ।

निर्माणको काम थालेपछि सङ्घर्षरत पक्ष  ‘नो केबुलकार समूह’ र प्रहरीबिच झडप भएको थियो । झडपका क्रममा प्रहरीले गोली चलाउँदा केही विरोधी गम्भीर घाइते भएका छन् भने अन्य दुवै पक्षका सामान्य घाइते थिए । सोही विषयलाई लिएर द्वन्द्व चर्किएपछि मुक्कुम्लुङ संरक्षण संयुक्त सङ्घर्ष समिति, केबुलकार खारेजी सङ्घर्ष समितिले मेची राजमार्ग र तमोर कोरिडोर सडकमा माघ १५ गतेदेखि अनिश्चितकालीन यातायात बन्द आह्वान गरेका थिए ।

मेची राजमार्ग र तमोर कोरिडोर बन्द कायम राख्दै सङ्घर्ष समितिहरु र मुक्कुमलुङ संरक्षण अन्तरदलीय सङ्घर्ष समिति समेतबाट आन्दोलनलाई थप सशक्त बनाउन भन्दै माघ २० गतेदेखि अरुण पूर्वका नौ जिल्लामा यातायात बन्द आह्वान गरिएको थियो । बन्दले ताप्लेजुङ, पाँचथर, इलाम, झापा, मोरङसहित पूर्वका नौ जिल्लाको जनजीवन प्रभावित बन्दै गएपछि सरकारले बनाएको वार्ता टोली र आन्दोलनरत पक्षबिचको वार्तामा सहमति जुटेको हो ।

पाथीभरा केबुलकारको स्टेसन लगायतका सन्दर्भमा माघ २७ गते पुनः वार्तामा बसी विस्तृत छलफल गर्नेसमेत सहमतिमा उल्लेख गरिएको छ । आन्दोलनका क्रममा घाइते भएकाहरूको सरकारले निःशुल्क र प्रभावकारी रूपमा स्वास्थ्य उपचार गर्ने, माघ १२ गते भएको घटनाको विषयमा छानबिन गरी कानुनी कारबाही गर्ने सहमति भएको छ । त्यस्तै आन्दोलनका क्रममा थुनामा रहेका थुनुवा बन्दीहरुको विना शर्त तत्काल रिहाइको प्रक्रिया प्रारम्भ गर्ने पनि सहमतिमा उल्लेख छ ।

यता सरकार र आन्दोलनरत पक्षबिचको सहमतिसँगै बन्द खुलेपछि बुधबारदेखि यातायात सञ्चालनमा आएको छ । ताप्लेजुङदेखि बाहिरिने र जिल्ला भित्रिने यातायातका साधनहरु बुधवार बिहानैदेखि सुचारु भएका पाथीभरा यातायात प्रालिका फुङ्लिङस्थित काउन्टर इन्चार्ज शरण लिम्बूले जानकारी दिए । । उनका अनुसार जिल्लाभित्रका ग्रामीण सडकमा पनि यातायात सञ्चालनमा आएका छन् । पाथीभरामा चन्द्र ढकाल नेतृत्वको पाथीभरा (मुक्कुमलुङ) दर्शन केबुलकार प्रालिले केबुलकार निर्माण गर्न लागेको हो ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.