बिहीबार, असार १२,२०८२ 08:35:10
  • बिहीबार, असार १२,२०८२ 08:35:10
Global IME Bank Limited

७ महिनामा २९ भन्सार नाकाबाट रु.८.९६ खर्ब बढीको आयात,निर्यात जम्मा ८६.८३ अर्ब मात्रै

Hyundai Nepal
७ महिनामा २९ भन्सार नाकाबाट रु.८.९६ खर्ब बढीको आयात,निर्यात जम्मा ८६.८३ अर्ब मात्रै
Nabil Bank Limited

काठमाण्डौ। चालु आर्थिक वर्षको ७ महिनामा देशका २९ वटा भन्सार कार्यालयबाट ८ खर्ब बढी रुपैयाँ बराबरको माल–वस्तु आयात भएको छ । भन्सार विभागको अवधिमा ८ खर्ब ९७ अर्ब ९४ करोड ३८ लाख ९९ हजार रुपैयाँ बराबरको मालवस्तु आयात भएको हो ।

यो अवधिमा सबैभन्दा धेरै आयात वीरगन्ज भन्सार कार्यालयबाट भएको छ । यो कार्यालयबाट ७ महिनाको अवधिमा ३ खर्ब ५ अर्ब ३२ करोड ४२ लाख रुपैयाँ बराबरको मालवस्तु आयात भएको छ । वीरगन्ज भन्सार कार्यालयबाट निर्यात भने १६ अर्ब ७६ करोड ३९ लाख रुपैयाँबरारब भएको छ ।  

CG Motors
Muktinath Bikas Bank Limited

सबैभन्दा धेरै मालवस्तु आयात गर्नेमा विराटनगर भन्सार कार्यालय दोस्रो स्थानमा रहेको छ । यो कार्यालयबाट ९७ अर्ब ४९ करोड ७३ लाख रुपैयाँ बराबरको आयात भएको भन्सार विभाथले जनाएको छ । यो कार्यालयबाट ७ अर्ब ७३ करोड ८५ लाख रुपैयाँ बराबरको निर्यात भएको छ ।  

त्रिभूवन अन्तर्राष्ट्रिय विमानस्थलबाट भने मात्र ८० अर्ब ३९ करोड ५६ लाख ७१ हजार रुपैयाँ बराबरको माल–वस्तु आयात भएको छ ।  

यस्तै १७ वटा भन्सार कार्यालयमार्फत ८६ अर्ब ८३ करोड ९ लाख १२ हजार रुपैयाँ बराबरको माल–वस्तु निर्यात भएको भन्सार विभागले जनाएको छ । यो अवधिमा १२ वटा भन्सार कार्यालयबाट भने कुनै पनि निर्यात भएको छैन । 

निर्यात शुन्य हुनेमा भद्रपुर भन्सार कार्यालय, चोभार सुख्खा बन्दरगाह, गौतमबुद्ध अन्तर्राष्ट्रिय विमानस्थल , जनकपुर भन्सार कार्यालय, महेशपुर भन्सार कार्यालय, पोखरा अन्तर्राष्ट्रिय विमानस्थल , राजविराज भन्सार कार्यालय, सिरहा भन्सार कार्यालय, सुनसरी भन्सार कार्यालय, सुथौली भन्सार कार्यालय, थाडी भन्सार कार्यालय र त्रिवेणी भन्सार कार्यालय रहेका छन् । 

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.