काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको सेयरमूल्य समायोजन भएको छ । संस्थालेले गत आवका लागि सेयरधनीहरुलाई प्रस्ताव गरेको ५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात संस्थाको सेयरमूल्य प्रतिकित्ता ८७६.१९ रुपैयाँ कायम भएको छ । आजको कारोबारबाट यहि मूल्यमा आधारमा संस्थाको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ । समायोजअघि संस्थाको सेयरमूल्य प्रतिकित्ता ९२० रुपैयाँ कायम थियो ।
संस्थालेले सेयरधनीहरुलाई ५ प्रतिशत बोनस सेयर र ०.२६३१५७९० प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि)गरी कुल ५.६३१५७९० प्रतिशत लाभांशको घोषणा गरेको छ ।
प्रस्तावित लाभांश पारित गर्नका लागि संस्थाले आगामी फागुन ११ गते साधारण सभा आयोजना गर्दैछ । उक्त सभा धुलिखेलमा रहेको मिराबेल रिसोर्टमा बिहान साढे ११ बजेदेखि सुरु हुनेछ ।