समता घरेलु लघुवित्तको एफपीओमा झण्डै ६१ गुणा बढी आवेदन, १४ लाखको हात खाली हुने
काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले जारी गरेको एफपीओमा झण्डै ६१ गुणा बढी आवेदन परेको छ । संस्थाले गत कात्तिक १२ गतेदेखि ३ लाख ५० हजार ९०४ कित्ता एफपीओ निष्कासन गरेको थियो । निष्कासनको आज अन्तिम दिनसम्ममा यो एफपीओमा १४ लाख ३२ हजार ४२० आबेदकहरुबाट २१ करोड ३० लाख ८ हजार ५७० कित्ता सेयर माग भएको छ ।