शुक्रबार, जेष्ठ १,२०८३ 03:03:41
Bizshala
  • शुक्रबार, जेष्ठ १,२०८३ 03:03:41
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्कासन गर्ने, अधिकतम कति कित्ताका लागि दिन सकिन्छ आवेदन ?

Laxmi Sunrise Bank Limited
समता घरेलु लघुवित्तले कात्तिक १२ गतेदेखि एफपीओ निष्कासन गर्ने, अधिकतम कति कित्ताका लागि दिन सकिन्छ आवेदन ?
Shivam Cement

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाले कात्तिक १२ गतेदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्ने भएको छ। संस्थाले कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।

साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापूँजीमा पूँजी संरचना अनुपात ६९.४८ः३०.५२ कायम हुनेगरी नपुग सेयर रकमबराबरको एफपीओ निष्कासन गर्न लागेको हो ।  

Bizshala
New Office
CG Motors

एफपीओको निष्कासन बन्द छिटोमा कात्तिक २० गते र ढिलोमा कात्तिक २६ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले संस्थालाई ‘इक्रा आईआरबीबी’ रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

Garima Development Bank
Shivam Cement
IME remit

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.