विजय लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
काठमाण्डौ । विजय लघुवित्त वित्तीय संस्थाले गत पुस २१ गतेदेखि निष्कासन गरेको थप सार्वजनिक (एफपीओ)मा आवेदन दिने आज अन्तिम दिन रहेको छ । संस्थाले प्रतिकित्ता रु. १०० अंकित दरका ४ लाख ६६ हजार ८१७ कित्ता एफपीओ जारी गरेको छ । साविकको नयाँ सारथी लघुवित्त र विजय लघुवित्तको मर्जरपश्चात बनेको यो संस्थाले सर्वसाधारण समूहको सेयर स्वामित्व अनुपात ७०ः३० कायम गर्न एफपीओ जारी गरेको हो ।

