बुधबार, बैशाख २,२०८३ 06:27:55
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:27:55
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिमालयन बैंकको एफपीओमा मागभन्दा २ गुणा बढी आवेदन

Bizshala
हिमालयन बैंकको एफपीओमा मागभन्दा २ गुणा बढी आवेदन
Shivam Cement

काठमाण्डौ । हिमालयन बैंकको एफपीओ मागभन्दा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ लिमिटेडका अनुसार दोस्रो दिनसम्म बैंकको एफपीओमा २ गुणा बढी आवेदन परेको छ ।  

सिडिएससीका अनुसार आज ५ बजेसम्ममा बैंकको एफपीओमा ८ लाख ७० हजार ६७० जनाको आवेदन परेको छ । एफपीओमा हालसम्म कुल २ अर्ब ९१ करोड ९७ लाख ३३ हजार ७१० रुपैयाँबराबरको १ करोड ८५ लाख ९७ हजार ३० कित्ताका लागि आवेदन परेको छ ।  

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

बैंकले असार ३२ गतेदेखि १ अर्ब ४५ करोड २३ लाख २३ हजार  रकमबराबर प्रतिकित्ता रु. १०० अंकित दरमा रु।५७  प्रिमियम थप गरी जम्मा रु. १५७ दरका ९२ लाख ५० हजार ४६९ कित्ता एफपीओ जारी गरेको हो ।  

बैंकको कुल चुक्तापूँजी २१ अर्ब ६५ करोड ६६ लाख १५ हजार  ६३१ रुपैयाँको ७२.९९ प्रतिशले हुन आउने संस्थापक समूहको १५ अर्ब  ८० करोड ७१ लाख ६३ हजार ७४९ र २७.०१ प्रतिशले हुन आउने सर्वसाधारण समूहको ५ अर्ब ८४ करोड ९४ लाख ५१ हजार  ८८१ रकमबराबरको सेयर कायम रहेको हुनाले बैंक तथा वित्तीय संस्था सम्बन्धी ऐन, २०७३ बमोजिम कुल जारी पूँजीको कम्तीमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने हुँदा एफपीओ जारी गरिएको बैंकले जनाएको छ ।  

एफपीओको निष्कासन बन्द छिटोमा साउन ४ गते र ढिलोमा साउन १४ गते बैंकिङ समयपछि हुनेछ । लगानीकर्ताले एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा सम्पूर्ण कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् ।  

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।  

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा सिटिजन्स क्यापिटल मार्केट लिमिटेड रहेको छ।

CG Motors
Garima Development Bank
IME remit
Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.