काठमाण्डौ । महुली लघुवित्त वित्तीय संस्थाको एफपीओ पहिलो दिनमै ओभरसब्सक्राइब्ड भएको छ । सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडका अनुसार आज ५ बजेसम्ममा संस्थाको एफपीओमा ४९ लाख ८९ हजार २२० कित्ताका लागि आवेदन परेको हो ।
यो माग गरेभन्दा ९.५३ गुणा बढी हो । संस्थाको एफपीओमा ४९ करोड ८९ लाख २२ हजार रुपैयाँको आवेदन परेको हो । संस्थाले आजदेखि १०० रुपैयाँ अंकित दरका ४ करोड ७५ लाख ४४ हजार ९०० रुपैयाँ बराबरको ४ लाख ७५ हजार ४४९ कित्ता एफपीओ निष्कासन गरेको छ ।
एफपीओको निष्कासन बन्द छिटोमा पुस ९ गते र ढिलोमा पुस १९ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ ।
लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन् ।