शुक्रबार, कार्तिक २,२०८१ 11:49:05
IME remit
  • शुक्रबार, कार्तिक २,२०८१ 11:49:05
IME remit
Global IME Bank Limited

सूर्योदय वोमी लघुवित्तको एफपीओ निष्कासन आजदेखि, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?

Hyundai Nepal
सूर्योदय वोमी लघुवित्तको एफपीओ निष्कासन आजदेखि, कति कित्तासम्म दिन सकिन्छ आवेदन ?
Nabil Bank Limited

काठमाण्डौ । सूर्योदय वोमी लघुवित्त वित्तीय संस्थाले आजदेखि थप सार्वजनिक निष्कासन(एफपीओ) गर्दैछ। संस्थाले कुल ४६ लाख ७२ हजार ९५४.५० रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ४६ हजार ७२९.५४५० कित्ता एफपीओ सेयर निष्कासन गर्न लागेको हो।

साविकको सूर्योदय र वोमी लघुवित्त मर्ज भई बनेको यो संस्थाको कुल चुक्तापूँजी ९१ करोड ७ लाख ८२ हजार ५०८।५० रुपैयाँमा संस्थापक सेयरधनीको स्वामित्व ७०।३६ प्रतिशत र सर्वसाधारण समूहको स्वामित्व २९.६४ प्रतिशत रहेकाले सर्वसाधारणतर्फको हिस्सा बढाई ३० प्रतिशत पुर्याउनका लागि संस्थाले एफपीओ जारी गर्न लागेको हो ।  

राष्ट्र बैंकले मर्जरका लागि अन्तिम स्वीकृती प्रदान गर्दा दिएको निर्देशनबमोजिम कुल जारी पूँजीको कम्तिमा ३० प्रतिशत सेयर सर्वसाधारणलाई छुट्याउनु पर्ने भएकाले संस्थाले सर्वसाधारणमा एफपीओ जारी गर्न लागेको जनाएको छ ।  

Bizshala
Shivam Cement
CG Motors

एफपीओको निष्कासन बन्द छिटोमा साउन ८ गते र ढिलोमा साउन १८ गते बैंकिङ समयपछि हुनेछ । एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले संस्थालाई ‘केयर एनपी बीबी (आइएस)बडल बी इस्योर रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा कुमारी क्यापिटल लिमिटेड रहेको छ। 

Mahalaxmi Development Bank
Muktinath Bikas Bank Limited
Sagarmatha Cement
Nepal Investment Mega Bank Limited
IME remit
Bizshala
Shivam Cement
IME remit
New Office
Mahalaxmi Development Bank
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.