शनिबार, श्रावण ९,२०८३ 03:27:13
Bizshala
  • शनिबार, श्रावण ९,२०८३ 03:27:13
Bizshala
Global IME Bank Limited

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन

समता घरेलु लघुवित्तको एफपीओमा आवेदन दिने आज अन्तिम दिन
New Office

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्थाको थप सार्वजनिक निष्कासन(एफपीओ) मा आवेदन दिने आज अन्तिम दिन रहेको छ। संस्थाले गत कात्तिक १२ गतेदेखि कुल ३ करोड ५० लाख ९० हजार ४२५ रुपैयाँको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका ३ लाख ५० हजार ९०४.२५ कित्ता एफपीओ सेयर निष्कासन गरेको हो।

साविकको मनकामना स्मार्ट लघुवित्त मर्ज भई बनेको संस्थाको कुल चुक्तापूँजीमा पूँजी संरचना अनुपात ६९.४८ः३०.५२ कायम हुनेगरी नपुग सेयर रकमबराबरको एफपीओ निष्कासन गरेको हो ।  

यो एफपीओमा न्यूनतम १० कित्ताका लागि आवेदन दिनु पर्नेछ भने अधिकतममा १ हजार कित्तासम्मका लागि आवेदन दिन सकिनेछ।

एफपीओ निष्कासनका लागि गराएको रेटिङ्गमा क्रेडिट रेटिङ्ग कम्पनी केयर रेटिङ नेपालले संस्थालाई ‘इक्रा आईआरबीबी’ रेटिङ प्रदान गरेको छ। यसले लघुवित्तको वित्तीय दायित्व बहन गर्ने क्षमतामा मध्यम जोखिम रहेको संकेत गर्दछ।

लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट स्वीकृती प्राप्त गरेका सम्पूर्ण सि–आस्बा सदस्य बैंक तथा वित्तीय संस्थाहरु तथा सिडिएस एण्ड क्लियरिङ्ग लिमिटेडबाट निर्माण गरिएको सफ्टवेयर ‘मेरो सेयर’ अनलाइन प्रयोग गरी सि–आस्बा प्रणालीमार्फत आवेदन दिन सक्नेछन्।

धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा मक्तिनाथ क्यापिटल लिमिटेड रहेको छ। 

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.