काठमाण्डौ । स्वरोजगार लघुवित्त वित्तीय संस्थाको एफपीओमा अन्तिमदिनसम्म ११९.८४ गुणा बढी आवेदन परेको छ । सिडिएस एण्ड क्लियरिङ्गका अनुसार आजसम्म कम्पनीको एफपीओमा १८ लाख ८२ हजार ४२२ जनाले आवेदन दिएका छन् ।
संस्थाको एफपीओमा २ अर्ब ३४ करोड ६२ लाख ९८ हजार रुपैयाँ बराबरको २ करोड ३४ लाख ६२ हजार ९८० कित्ताका लागि आवेदन परेको हो ।
संस्थाको सेयर पाउन भाग्यकै भर पर्नुपर्ने भएको छ । संस्थाले गत फागुन १८ गतेदेखि चुक्तापूँजी ६७ करोड ११ लाख ४ हजार ९९३ रुपैयाँको कुल १ करोड ९५ लाख ७७ हजार ३०० रुपैयाँबराबरको प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका १ लाख ९५ हजार ७७३ कित्ता एफपीओ सेयर निष्कासन गरेको थियो ।
यसर्थमा संस्थाको सेयर १० कित्ताका दरले बाँडफाँड गर्दा १९ हजार ५७७ जनाले मात्रै पाउनेछन् भने १८ लाख ६२ हजार बढीको हात खाली हुनेछ ।
धितोपत्र निष्कासन तथा बिक्री प्रबन्धकका रुपमा एनएमबी क्यापिटल लिमिटेड रहेको छ। संस्थाले एफपीओ निष्कासनका लागि नेपाल धितोपत्र बोर्डबाट गत माघ २७ गते अनुमति पाएको थियो ।