बुधबार, श्रावण २०,२०८३ 02:01:52
Bizshala
  • बुधबार, श्रावण २०,२०८३ 02:01:52
Bizshala
Global IME Bank Limited

खुद ब्याज आम्दानीमा सुधार आएसँगै समता घरेलु लघुवित्तको नाफा २४०% ले वृद्धि

खुद ब्याज आम्दानीमा सुधार आएसँगै समता घरेलु लघुवित्तको नाफा २४०% ले वृद्धि
New Office

काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडले गत आर्थिक वर्षको चौथो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार संस्थाले ८ करोड ४९ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो नाफा अघिल्लो आवको सोही अवधिको तुलनामा २४०.९० प्रतिशतले बढी हो । अघिल्लो आवको चौथो त्रैमाससम्म संस्थाले २ करोड ४९ लाख खुद नाफा कमाएको थियो ।  

संस्थाको खुद ब्याज आम्दानी पनि बढेको छ । संस्थाले समीक्षा अवधिसम्म ३३ करोड ७७ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ७३.७५ प्रतिशतले बढी हो । गत आवको चौथो त्रैमाससम्म संस्थाले १९ करोड ४४ लाख खुद ब्याज आम्दानी गरेको थियो । संस्थाको खुद सञ्चालन आम्दानी पनि ८६.५५ प्रतिशतले बढेर ३८ करोड ४७ लाख रुपैयाँमा सीमित बनेको छ ।  

यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ ११५.५८ प्रतिशतले बढेर ६ करोड ८६ लाख रुपैयाँ पुगेको छ । यस्तै संस्थाको रिजर्भको आकार १४ करोड १२ लाख रुपैयाँबाट बढेर १५ करोड ३८ लाख रुपैयाँ पुगेको छ ।  

संस्थाको इम्पेयरमेन्ट चार्ज ५० लाख ६३ हजार रुपैयाँले रिभर्सल भएको छ । यो अवधिमा खराब कर्जा अनुपात १०.४८ प्रतिशतबाट घटेर ६.८७ प्रतिशत कायम भएको छ । वितरणयोग्य मुनाफा ६ करोड ८६ लाख रुपैयाँ रहेको संस्थाको वितरणयोग्य प्रतिसेयर आम्दानी १०.९१ रुपैयाँ पुगेको छ ।    

समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १३.५१ रुपैयाँ, पीई रेसियो ७० गुणा, तरलता अनुपात २४.९७ प्रतिशत र प्रतिसेयर नेटवर्थ १३५.३७ रुपैयाँ कायम भएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.