काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडको लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको छ। संस्थाले आव २०७९/८० का लागि प्रस्ताव गरेको कुल ५.७०७६ प्रतिशत लाभांश सुरक्षित गर्ने आज अन्तिम दिन रहेको हो।
लाभांश वितरण प्रयोजनका लागि संस्थाले चैत १९ गते एक दिनका लागि बुक क्लोज गर्ने निर्णय गरेकाले आजसम्म कायम सेयरधनीहरु मात्रै संस्थाद्वारा प्रस्तावित लाभांश प्राप्त गर्न र साधारण सभामा सहभागी हुन योग्य ठहरिनेछन्।
संस्थाको सञ्चालक समितिको बैठकले आव २०७९/८० का लागि ५.४२२२ प्रतिशत बोनस सेयर र ०.२८५४ प्रतिशत नगद लाभांश(कर प्रयोजनका लागि) वितरणको प्रस्ताव गरेको छ । यो लाभांश संस्थाको आगामी चैत २९ गते आयोजना हुन लागेको १० औं वार्षिक साधारण सभाबाट पारित गरी वितरण गरिनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।