काठमाण्डौ । समता घरेलु लघुवित्त वित्तीय संस्था लिमिटेडका सञ्चालक हरि बहादुर भण्डारीको राजीनामा स्वीकृत भएको छ । फागुन २१ गते बसेको संस्थाको सञ्चालक समितिको बैठकले भण्डारीको राजीनमा स्वकीृत गरेको हो ।
उनको राजीनामा सोही मितिदेखि लागू हुनेगरी स्वीकृत भएको संस्थाले जनाएको छ । भण्डारीले आफ्नो व्यक्तिगत कारण देखाउदै गत फागुन १८ गतेदेखि लागू हुनेगरी आफ्नो पदबाट राजीनामा दिएका थिए ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।