काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजार ११ अंकले घटेर बन्द भएको छ । बजार घट्दा कारोबार भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा साताको पहिलो कारोबारमा करिब ७० अंक बढेर बन्द भएको बजारमा त्यसपछि भने लगातार तीन दिन नै राता क्याण्डलहरु बनेका छन् ।
बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले अपर ब्याण्डलाई छोडेर मध्य ब्याण्डतर्फ आकर्षित भएको देखिन्छ । अर्थात अपर ब्याण्डबाट तल खसेको बजार अब मध्य ब्याण्डसम्ममा सपोर्ट लिन पनि आउन सक्छ । म्याक्डीबाट नियाल्दा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक छन् तर बिस्तारै छोटा–छोटा हुँदै गएका छन् ।
आरएसआई ओभर बट जोन नजिक ६६ मा पुगेर केही करेक्सन आउँदै गरेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार बुलिस नै देखिन्छ तर बजारमा हाल अल्पकालिन करेक्सन हुँदै गरेको र बजार बोलिङ्गरको मध्य ब्याण्डसम्म सपोर्ट लिन आउन पनि सक्ने देखिन्छ ।
नोटःसेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।