आईतवार, असार १४,२०८३ 12:24:09
Bizshala
  • आईतवार, असार १४,२०८३ 12:24:09
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

बोलिङ्गरको अपर ब्याण्डबाट खसेको बजारको कतिमा छ अबको सपोर्ट ?

Laxmi Sunrise Bank Limited
बोलिङ्गरको अपर ब्याण्डबाट खसेको बजारको कतिमा छ अबको सपोर्ट ?

काठमाण्डौ । साताको अन्तिम कारोबार दिन आज सेयर बजार ११ अंकले घटेर बन्द भएको छ । बजार घट्दा कारोबार भने अघिल्लो दिनको तुलनामा सामान्य बढेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा साताको पहिलो कारोबारमा करिब ७० अंक बढेर बन्द भएको बजारमा त्यसपछि भने लगातार तीन दिन नै राता क्याण्डलहरु बनेका छन् ।  

बोलिङ्गर ब्याण्डबाट नियाल्दा आज बजारले अपर ब्याण्डलाई छोडेर मध्य ब्याण्डतर्फ आकर्षित भएको देखिन्छ । अर्थात अपर ब्याण्डबाट तल खसेको बजार अब मध्य ब्याण्डसम्ममा सपोर्ट लिन पनि आउन सक्छ । म्याक्डीबाट नियाल्दा बुलिस क्रसओभर भ्यालिड नै रहेको छ । हिस्टोग्राम सकारात्मक छन् तर बिस्तारै छोटा–छोटा हुँदै गएका छन् ।  

New Office
CG Motors
Garima Development Bank

आरएसआई ओभर बट जोन नजिक ६६ मा पुगेर केही करेक्सन आउँदै गरेको देखिन्छ । समग्रमा तीन वटै इन्डिकेटरबाट नियाल्दा बजार बुलिस नै देखिन्छ तर बजारमा हाल अल्पकालिन करेक्सन हुँदै गरेको र बजार बोलिङ्गरको मध्य ब्याण्डसम्म सपोर्ट लिन आउन पनि सक्ने देखिन्छ ।  

नोटःसेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

 

Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.