काठमाण्डौ । न्यादी हाईड्रोपावर लिमिटेडले चालु आवको दोस्रो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरण सार्वजनिक गरेको छ । जसअनुसार कम्पनी ८६ लाख ५५ हजार रुपैयाँ घाटामा रहेको छ । यो घाटा अघिल्लो आवको तुलनामा ९१.८७ प्रतिशतले कम हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनी १० करोड ६४ लाख रुपैयाँ घाटामा थियो ।
यो बीचमा कम्पनीको विद्युत बिक्री आम्दानीमा बढोत्तरी आएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म २८ करोड ७० लाख रुपैयाँ रहेको कम्पनीको विद्युत बिक्री आम्दानी बढेर ३६ करोड ४८ लाख रुपैयाँ पुगेको छ । कम्पनीको परियोजना सञ्चालन खर्च १३ करोड ६९ लाख रुपैयाँ र प्रशासनिक खर्च १ करोड ८६ लाख रुपैयाँ रहेको छ ।
यस्तै कम्पनीको वित्त खर्च २१ करोड ८५ लाख रहेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ५० करोड रुपैयाँ रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति १८ करोड ३ लाख र कुल चालु दायित्व १८ करोड ८४ लाख रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ०.५८ रुपैयाँले ऋणात्मक, प्रतिसेयर नेटवर्थ ६३.७० रुपैयाँ, मूल्य आम्दानी अनुपात११२६.५६ गुणा र तरलता अनुपात ०.९६ प्रतिशत कायम भएको छ ।