काठमाण्डौ । मानुषी लघुवित्त वित्तीय संस्था लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेको छ। जसअनुसार संस्थाले ९ लाख ८६ हजार रुपैयाँ खुद नाफा आर्जन गरेको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने संस्था १ करोड ७७ लाख खुद घाटामा थियो ।
संस्थाको खुद ब्याज आम्दानी बढेको छ । संस्थाले समीक्षा अवधिसम्म ५ करोड ८ लाख खुद ब्याज आम्दानी गरेको छ । जुन अघिल्लो आवको सोही अवधिको तुलनामा ४८.४४ प्रतिशतले बढी हो । गत आवको दोस्रो त्रैमाससम्म संस्थाले ३ करोड ४२ लाख खुद ब्याज आम्दानी गरेको थियो । संस्थाको खुद सञ्चालन आम्दानी पनि ३८.७७ प्रतिशतले बढेर द्ध करोड ४५ लाख रुपैयाँ पुगेको छ ।
यस्तै संस्थाको वितरणयोग्य मुनाफा ५९ लाख ७५ हजार रुपैयाँ रहेको छ ।
समीक्षा अवधिसम्म संस्थाले कर्मचारीका लागि ३ करोड ४३ लाख रुपैयाँ र अन्य सञ्चालन खर्च ८८ लाख ११ हजार रुपैयाँ रहेको छ । यो अवधिमा संस्थाको रिटेन्ड अर्निङ भने ६५.३८ प्रतिशतले घटेर ५९ लाख ७५ हजार रुपैयाँमा सीमित बनेको छ । यस्तै संस्थाको रिजर्भको आकार भने १ करोड ७७ लाख रुपैयाँबाट बढेर ४ करोड ९० लाख रुपैयाँ पुगेको छ ।
दोस्रो त्रैमाससम्म संस्थाले १ करोड ६२ लाख रुपैयाँ इम्पेयरमेन्ट चार्जका लागि छुट्टाएको छ । समीक्षा अवधिसम्म संस्थाको प्रतिसेयर आम्दानी(ईपीएस) १.८० रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य १३७८ रुपैयाँ, पीई रेसियो ११३५.५५ गुणा, तरलता अनुपात १४.४८ प्रतिशत र प्रतिसेयर नेटवर्थ १५०.३० रुपैयाँ कायम भएको छ ।