काठमाण्डौ । चीनले अमेरिकी वस्तुमाथि लगाएको आयात शुल्क आजदेखि कार्यान्वयनमा आएको छ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले चीनमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने निर्णय गरेसँगै चीनले गत फेब्रुअरी ४ मा केही अमेरिकी वस्तुहरुमाथि आयात शुल्क लगाउने घोषणा गरेको थियो ।
चीनले अमेरिकी कोइला र तरलीकृत गरिएको प्राकृतिक ग्यासको आयातमा १५ प्रतिशत आयात शुल्क लगाएको छ । यस्तै अमेरिकी कच्चा तेल, कृषिजन्य मेशीनरी र इन्जिन कारमा १० प्रतिशत भन्सार शुल्क समेत लगाइएको छ ।
यस्तै चीनले २५ भन्दा बढी दुलर्भ धातुको आयातमा नियन्त्रण गर्ने निर्णय गरेको छ ।
अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले गत साता मेक्सिको र क्यानडामाथि २५ प्रतिशत र चिनियाँ वस्तुहरुमाथि १० प्रतिशत भन्सार शुल्क लगाउने बताएका थिए ।