काठमाण्डौ । चालु आवको दोस्रो त्रैमाससम्म सोनापुर मिनरल्स एण्ड आयल लिमिटेड १२ करोड बढी घाटामा रहेको छ । कम्पनीले सार्वजनिक गरेको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी १२ करोड २० लाख रुपैयाँ घाटामा रहेको छ । अघिल्लो आवमा भने कम्पनी १४ करोड ७८ लाख रुपैयाँ घाटामा थियो ।
कम्पनीले यो अवधिसम्म ९१ करोड ५८ लाख रुपैयाँ आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको सोही अवधिको तुलनामा २९.७७ प्रतिशतले बढी हो । अघिल्लो आवको दोस्रो त्रैमाससम्म कम्पनीले ७० करोड ५६ लाख रुपैयाँ आर्जन गरेको थियो । कम्पनीले ३ लाख रुपैयाँ अन्य आम्दानी गरेको छ ।
इन्धनको मुल्यमा भएको अत्याधिक वृद्धिको निरन्तरता, भौतिक विकास निर्माणमा बजेट खर्च कम हुनु, बजारमा प्रतिषपर्धा तथा विद्यमान आर्थिक मन्दिको कारण घरेलू खपत न्युन हुनु आदि कारणले उत्पादन लागत बढ्न गएको तर त्यसको तुलनामा उत्पादनले उचित बजार मुल्य पाउन नसकेका कारण कम्पनी घाटामा गएको कम्पनीले जनाएको छ ।
कम्पनीको बिक्री तथा वितरण खर्च ८५ लाख ७४ हजार रुपैयाँ,ह्रासकट्टी खर्च ४ करोड १८ लाख र प्रशासनिक खर्च ६ करोड १५ लाख रुपैयाँ रहेको छ । कम्पनीको सञ्चालन मुनाफा २ करोड ५० लाख रुपैयाँले ऋणात्मक छ ।
कम्पनीको रिजर्भको आकार ९४ करोड ७ लाख रुपैयाँ रहेको छ । यस्तै कम्पनीले सेक्युरिटी प्रिमियममा १ अर्ब ६५ करोड रुपैयाँ सञ्चित गरेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ७.९४ रुपैयाँ ऋणात्मक, प्रतिसेयर नेटवर्थ १८४.३६ रुपैयाँ, प्रतिसेयर कुल सम्पत्तिको मूल्य ४३८.६७ रुपैयाँ र तरलता अनुपात १.१८ प्रतिशत कायम भएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।