काठमाण्डौ । ङादी ग्रुप पावर लिमिटेडको खुद नाफामा ३०.१२ प्रतिशतको गिरावट आएको छ । कम्पनीले चालु आवको दोस्रो त्रैमाससम्म २ करोड ३२ लाख रुपैयाँ नाफा कमाएको छ । अघिल्लो आवको दोस्रो त्रैमाससम्म भने कम्पनीले ३ करोड ८८ लाख रुपैयाँ नाफा कमाएको थियो ।
कम्पनीको विद्युत बिक्री आम्दानी पनि घटेको छ । दोस्रो त्रैमाससम्म कम्पनीले ७ करोड २७ लाख रुपैयाँबराबरको विद्युत बिक्री आम्दानी गरेको छ । जुन अघिल्लो आवको दोस्रो त्रैमासको तुलनामा १०.५१ प्रतिशतले कम हो । समीक्षा अवधिसम्म कम्पनीको विद्युत बिक्री/वितरण खर्च ७५ लाख ६५ हजार, रोयल्टी खर्च १४ लाख ५५ हजार,प्रशासनिक खर्च ५० लाख १४ हजार र वित्त खर्च १ करोड ७० लाख रुपैयाँ रहेको छ । कम्पनीले यो अवधिसम्म २ लाख रुपैयाँबराबरको गैर सञ्चालन आम्दानी गरेको छ ।
कम्पनीको चुक्तापूँजी १ अर्ब ८५ करोड १२ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिटेन्ड अर्निङमा १० करोड ७० लाख रुपैयाँ सञ्चित रहेको छ । कम्पनीको कुल चालु सम्पत्ति ५२ करोड ९५ लाख र कुल चालु दायित्व ६ करोड १४ लाख रुपैयाँ छ ।
कम्पनीको प्रतिसेयर आम्दानी(ईपीएस)२.५१ रुपैयाँ ,प्रतिसेयर नेटवर्थ २१४.९९ रुपैयाँ,प्रतिसेयर कुल सम्पत्तिको मूल्य २६८.१३ रुपैयाँ मूल्य आम्दानी अनुपात १०४.७७ गुणा र तरलता अनुपात ८.६२ प्रतिशत कायम भएको छ ।