काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) को नाफामा गिरावट आएको छ । चालु आवको दोस्रो त्रैमाससम्म कम्पनीले ५२ करोड २२ लाख रुपैयाँ खुद नाफा आर्जन गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३०.६२ प्रतिशतले कम हो ।
अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले ७५ करोड २७ लाख रुपैयाँबराबरको खुद नाफा कमाएको थियो ।
कम्पनीले ग्राहकसँगको सम्झौताबाट ४७ लाख ३ हजार रुपैयाँ आर्जन गरेको छ । यस्तै कम्पनीको वित्त आम्दानी ७५ करोड ८६ लाख र अन्य आम्दानी २१ लाख ८२ हजार रुपैयाँ रहेको छ । यो अवधिसम्म कम्पनीको कर्मचारी खर्च २ करोड ६९ लाख, सञ्चालन तथा प्रशासनिक खर्च ७७ लाख ६३ हजार र ह्रासकट्टी खर्च ५८ लाख ८६ हजार रुपैयाँ रहेको छ ।
कम्पनीको कुल चालु सम्पत्ति १७ अर्ब ३६ करोड र कुल चालु दायित्व ८२ करोड ८१ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भको आकार ८३.८१ प्रतिशतले बढेर ३ अर्ब ४७ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी ४.२५ रुपैयाँ, प्रतिसेयर नेटवर्थ ११४.१५ रुपैयाँ,पीई अनुपात ५५.२६ गुणा र तरलता अनुपात २०.९७ प्रतिशत कायम भएको छ ।