एचआईडीसीएलको अध्यक्षमा जगदीश्वर कर्माचार्य चयन
काठमाण्डौ । हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सञ्चालक समितिको अध्यक्षमा जगदीश्वर कर्माचार्य चयन भएका छन्।कम्पनीको सञ्चालक समितिको असोज २२ गते बसेको बैठकले ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव डा. जगदीश्वर कर्माचार्यलाई अध्यक्ष चयन गरेको हो। उनले सोही बैठकसमक्ष अध्यक्ष पदको सपथसमेत ग्रहण गरेका छन्।

