काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को प्रमुख कार्यकारी अधिकृत(सीईओ)मा प्रजेश बिक्रम थापा नियुक्त भएका छन् । जेठ १५ गते बसेको कम्पनीको सञ्चालक समितिको बैठकले थापालाई सीईओ नियुक्त गर्ने निर्णय गरेको हो ।
उनलाई जेठ १६ गतेदेखि लागू हुनेगरी सीईओको जिम्मेवारी प्रदान गरिएको कम्पनीले जनाएको छ । उनको कार्यकाल ४ वर्षको हुनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।