मंगलवार, श्रावण २६,२०८३ 11:39:51
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 11:39:51
Bizshala
Global IME Bank Limited

एचआईडीसीएलको १.६८ करोड कित्ता लिलामी सेयरको बोलपत्र खोलियो, कटअफ मूल्य कति ?

Prabhu Bank Limited
एचआईडीसीएलको १.६८ करोड कित्ता लिलामी सेयरको बोलपत्र खोलियो, कटअफ मूल्य कति ?
New Office

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लिलामीमा राखिएको १ करोड कित्ता बढी संस्थापक सेयरको बोलपत्र खोलिएको छ ।  

उक्त गोप्य शिलबन्दी बोलपत्र आज बिहान ८ बजे बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालमा रहेको कार्यालयमा खोलिएको हो । कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमातर्फ बिक्री आवेदन खुलाइएको थियो ।  

बिक्री प्रबन्धकका अनुसार २५ सय जना आवेदकबाट उक्त सेयर खरिदका लागि आवेदन परेको छ । उक्त सेयरको कटअफ मूल्य प्रतिकित्ता १४५.६६ रुपेयाँ निर्धारण भएको बिक्री प्रबन्धकले जनाएको छ ।  

सेयरको न्यूनतम मूल्य १०० रुपैयाँ तोकिएको थियो । बोलकबोल पेश गर्दा न्यूनतम १०० कित्ता र अधिकतममा सम्पूर्ण कित्ताका लागि खरिद आवेदन पेश गर्न सकिने व्यवस्था गरिएको थियो ।  

बोलकबोल प्रक्रियाद्वारा बिक्री गरिएको सेयर खरिद गर्ने सेयरधनीहरु समूह क को उपसमूह क–२ अन्तर्गतको अन्य संस्थापक उप–समूहमा रहनेछन् । उक्त सेयर बाँडफाँड भई नेप्सेमा सूचीकरण भएपश्चात ‘एचआईडीसीएलपी’ संकेतमा कारोबार गर्न योग्य हुने कम्पनीले जनाएको छ । 

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X