काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को सेयरमूल्य समायोजन भएको छ । कम्पनीले घोषणा गरेको १.५ प्रतिशत बोनस सेयरका लागि सेयरमूल्य समायोजन भएको हो ।
नेप्सेमा भएको समायोजनपश्चात कम्पनीको सेयरमूल्य प्रतिकित्ता २५५.१७ रुपैयाँ कायम भएको छ ।
समायोजन हुनुअघि कम्पनीको सेयरमूल्य प्रतिकित्ता २५९ रुपैयाँ कायम थियो ।
आजको कारोबारदेखि नयाँ समायोजित मूल्यका आधारमा कम्पनीको सेयर दोस्रो बजारमा कारोबारमा आउनेछ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।