काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल) नाफा ३२.९५ प्रतिशतले घटेको छ । कम्पनीले सार्वजनिक गरेको गत आर्थिक वर्षको चौथो त्रैमाससम्मको अपरिष्कृत वित्तीय विवरणअनुसार कम्पनी ९७ करोड ३८ लाख रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । अघिल्लो आवको सोही अवधिसम्म भने कम्पनीले १ अर्ब ४५ करोड रुपैयाँ खुद नाफा आर्जन गरेको थियो ।
कम्पनीले चौथो त्रैमाससम्म १ अर्ब ४५ करोड रुपैयाँ कुल आम्दानी गरेको छ । यो रकम अघिल्लो आवको तुलनामा ३४.०६ प्रतिशतले कम हो । अघिल्लो आवमा कम्पनीको कुल आम्दानी २ अर्ब १७ करोड रहेको थियो ।
कम्पनीको कुल चालु सम्पत्ति १६ अर्ब ८७ करोड र कुल चालु दायित्व २० करोड ३१ लाख रुपैयाँ रहेको छ । कम्पनीको रिजर्भ बढेको छ । अघिल्लो आवमा ३ अर्ब ३६ करोड रुपैयाँबाट बढेर ३ अर्ब ६९ करोड रुपैयाँ पुगेको छ ।
समीक्षा अवधिसम्म कम्पनीको प्रतिसेयर आम्दानी घटेको छ । अघिल्लो आवमा ६. ३७ रहेको ईपीएस घटेर ३.९७ प्रतिशतमा खुम्चिएको छ । यस्तै कम्पनीको प्रतिसेयर नेटवर्थ ११५.०३ रुपैयाँ,पीई अनुपात ७३.७९ गुणा र तरलता अनुपात ८३.०७ प्रतिशत कायम भएको छ ।