काठमाडौं । हाइड्रोइलेक्ट्रिसिटी इन्भेस्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी (एचआईडीसीएल)को १४औं वार्षिक साधारणसभामा भाँडभैलो मच्चिएको छ ।
सभामा केही समूहले आगामी सञ्चालक समितिमा आफ्नो प्रभूत्व जमाइराख्ने उद्देश्यले किर्ते मतदाता प्रयोग गरेपछि सेयरधनीहरुले धाधली भएको भन्दै विरोध जनाएका हुन् ।
साधारण सभा सकिएर मतदान हुने क्रममा 'फेक प्रोक्सी' देखिएको भन्दै लगानीकर्ताहरुले चर्को विरोध गरेका हुन् ।
'निर्वाचनको लागि चार पाँच जनाको प्रोक्सी फेक देखियो त्यही भएर हामीले यसको विरोध गरेका हौ।' एक लगानीकर्ताले भने,-'अहिले फेक प्रोक्सी देखेपछि सबैजना भागे र कम्पनी सचिव पनि सभाबाट भागे । हामीले यस्तो किर्ते मतदान हुन दिदैनौ ।'
लगानीकर्ताहरूले किर्ते मतदानको विषयमा छानबिन नहुँदासम्म निर्वाचन प्रक्रिया अगाडि बढ्न नदिने अडान लिएका छन्।
साधारण सभा सम्पन्न भएपनि सञ्चालक निर्वाचनका लागि मतदान प्रक्रिया पारदर्शी र निष्पक्ष नभएको लगानीकर्ताहरुको गुनासो छ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।