मंगलवार, श्रावण २६,२०८३ 11:39:50
Bizshala
  • मंगलवार, श्रावण २६,२०८३ 11:39:50
Bizshala
Global IME Bank Limited

एचआईडीसीएलको बाँडफाँडमा नपरेकाको रकम फिर्ता आजदेखि

Prabhu Bank Limited
एचआईडीसीएलको बाँडफाँडमा नपरेकाको रकम फिर्ता आजदेखि
New Office

काठमाण्डौ । हाईड्रो इलेक्ट्रीसिटी इन्भेष्टमेन्ट एण्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल)को लिलामीमा नपरेकाको रकम फिर्ता सुरु गरिएको छ । गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमातर्फ बिक्री आवेदन खुलाइएको १ करोड कित्ता बढी संस्थापक सेयरको बाँडफाँडमा नपरेका बोलपत्रवालाहरुलाई रकम फिर्ता गरिएको हो ।  

बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटलका अनुसार भदौ १७ गतेदेखि बोलपत्रवालाहरुले बोलपत्र फारममा उल्लेख गरेको बैंक खातामा रकम जम्मा गरिएको हो ।  

कम्पनीले लिलामीमा राखेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयरको बोलपत्र गत भदौ १२ गते बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल लिमिटेडको नक्सालमा रहेको कार्यालयमा बाँडफाँड गरिएको थियो । उक्त सेयरको कटअफ मूल्य १३५ रुपैयाँ निर्धारण भएको बिक्री प्रबन्धकले जनाएको छ ।  

कम्पनीको साउन २१ गते बसेको सञ्चालक समितिको बैठकको निर्णय बमोजिम संस्थापक सेयरधनी समूह‘क’उप समूह क–२ को अन्य संस्थापक अन्तर्गत लिलाम बढाबढ प्रक्रियामार्फ बिक्री नभई बाँकी रहेको १ करोड ६८ लाख ५९ हजार ५० कित्ता सेयर गत साउन २९ गतेदेखि भदौ ६ गतेसम्म लिलामीमातर्फ बिक्री आवेदन खुलाइएको थियो ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.

Global IME Bank Limited
X
Global IME Bank Limited
X