बुधबार, बैशाख २,२०८३ 06:16:53
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:16:53
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

१० दिनपछि हिरासत मुक्त भए लगानीकर्ता दीपेन्द्र अग्रवाल

Bizshala
१० दिनपछि हिरासत मुक्त भए लगानीकर्ता दीपेन्द्र अग्रवाल
Shivam Cement

काठमाण्डौ । लगानीकर्ता दीपेन्द्र अग्रवाल हिरासतबाट १० दिनपछि रिहा भएका छन्। 

उनलाई काठमाडौँ जिल्ला अदालतको आदेशमा हाजिर जमानीमा रिहा गरिएको हो। तर प्रहरी अनुसन्धान भने अझै जारी रहने भएको छ।

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

अग्रवाललाई ठगी र विश्वासघातको आरोपमा साउन ५ गते पक्राउ गरिएको थियो। पक्राउपछि प्रहरीको आर्थिक अपराध महाशाखाले उनलाई सोधपुछ गर्दै आएको थियो। प्रारम्भिक अनुसन्धानपछि प्रहरीद्वारा अदालतमा पेश गरिएका कागजातको अध्ययनपछि काठमाडौँ जिल्ला अदालतले उनलाई सर्तसहित रिहा गर्न आदेश दिएको हो।

CG Motors
Garima Development Bank
IME remit

अदालतले अग्रवाललाई निश्चित अवधिमा उपस्थित हुनुपर्ने शर्तमा रिहा गर्ने आदेश दिएको हो। यसरी सर्तसहित रिहा भएको अवस्थामा, अग्रवालमाथि अनुसन्धानका लागि प्रहरीलाई थप समय मिल्नेछ।

अनुसन्धान अधिकृतहरूका अनुसार, अग्रवालसँग जोडिएका लेनदेन, साझेदारी र पूर्व लगानीकर्तासँग भएका सम्झौताहरूको गहिरो अध्ययन भइरहेको छ। प्रहरी स्रोतका अनुसार अनुसन्धान अझै टुंगोमा पुगेको छैन र आवश्यक परे थप बयानको लागि उनलाई पुनः बोलाउन सकिनेछ।

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.