बजारमा अनौठो प्रवृति: दीपेन्द्र अग्रवाल पक्राउ पर्दा मूल्य घट्ने, छुट्दा मूल्य बढ्ने
काठमाण्डौ । नेपालको सेयर बजारमा बेला बेला अनौठो प्रवृति देखिने गर्छ । विशेष गरी दोश्रो बजारमा हुने कारोबारमा निश्चित व्यक्ति वा सेयर खेलाडीको जीवनमा हुने उतारचढावले उसले चलाउने कम्पनीको मूल्य प्रदर्शनमा समेत अनौठो उतारचढाव देखिने गरेको हो । उदाहरणको रुपमा दीपेन्द्र अग्रवाल र उनले चलाउने केही स्क्रीप्टलाई लिन सकिन्छ । दश दिनअघि उनलाई धितोपत्र बोर्डको सिफारिसमा...

