तीन संस्था एक हुने निर्णयले तरंग, सिन्धु विकास र जानकी फाइनान्सका लगानीकर्ता दबाबमा
काठमाण्डौ । मुक्तिनाथ विकास बैंकले सिन्धु विकास बैंक र जानकी फाइनान्सलाई प्राप्ति (एक्वायर)गर्ने प्रक्रिया अघि बढाएसँगै दुवै कम्पनीको सयरमूल्यमा तीव्र गिरावट आएको छ । एक्विजिसनको खबर सार्वजनिक भएपछि पछिल्ला दुई कारोबार दिनमा सिन्धु विकास बैंक र जानकी फाइनान्सको सेयरमूल्य ह्वात्तै घटेको हो । प्रारम्भिक सम्झौता भएको दिन दुवै कम्पनीको सेयरमूल्यमा नेगेटिभ सर्किट लागेको...

