मंगलवार, कार्तिक ३,२०८३ 03:59:08
  • मंगलवार, कार्तिक ३,२०८३ 03:59:08
Global IME Bank Limited

दीपेन्द्र अग्रवाललाई थप १ दिन हिरासतमा राख्न अदालतको अनुमति

Bizshala
दीपेन्द्र अग्रवाललाई थप १ दिन हिरासतमा राख्न अदालतको अनुमति
New Office

काठमाण्डौ । सेयर लगानीकर्ता तथा चर्चित कारोबारी दीपेन्द्र अग्रवाललाई थप एक दिन हिरासतमा राखेर अनुसन्धान गर्न प्रहरीलाई अदालतले अनुमति दिएको छ ।  

आइतबार काठमाण्डौ जिल्ला अदालतमा भएको थुनछेक बहसका क्रममा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले ७ दिन थप हिरासतमा राखेर अनुसन्धान गर्न दिन माग गरेकोमा थप १ दिन मात्र हिरासतमा राख्न अनुमति दिइएको हो । 

Shivam Cement
Mahalaxmi Development Bank
CG Motors

नेपाल धितोपत्र बोर्ड(सेबोन)को प्रारम्भिक अनुसन्धानका क्रममा जोशी हाइडोपावर र कर्पोरेट डेभलपमेन्ट बैंकको सेयरमा भित्री कारोबार गरेको देखिएको भन्दै थप अनुसन्धानका लागि सीआईबीलाई अनुरोध गरिएको थियो । सेबोनले आफ्नो अनुसन्धान प्रतिवेदन सीआईबीलाई पठाएको केही दिनमै अग्रवाललाई पक्राउ गरी हिरासतमा राखिएको थियो । शुक्रबार काठमाण्डौको चुनदेवी क्षेत्रबाट पक्राउ परेका अग्रवालको विषयमा थप अनुसन्धान सुरु गर्नका लागि प्रहरीले थप एक दिन समय पाएको हो । 

Garima Development Bank
Bizshala
Muktinath Bikas Bank Limited

प्रहरी स्रोतका अनुसार धितोपत्र बोर्डको अनुसन्धानबाटै धेरै कुरा खुलेकाले अब थप धेरै अनुसन्धान गरिरहनुपर्ने आवश्यकता नदेखिएकाले अदालतले १ दिन मात्र म्याद थपको अनुमति दिएको हुनसक्छ ।  

अनुसन्धान सकिएपछि थप कारबाहीका लागि अदालतमा पेश गरिने र त्यहीबाट अदालतले कारबाहीको आदेश जारी गर्नेछ ।  

यसैबीच, अग्रवालका आफन्तले सोमबार बन्दी प्रत्यक्षीकरणको रीट दायर गर्दैछन् । अग्रवाललाई थुनामुक्त गरी बाहिरबाटै अनुसन्धानमा सहयोग गर्ने वातावरण बनाउन अनुरोध गर्दै त्यस्तो रीट दायर गर्ने तयारी छ ।

Global IME Bank Limited

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Bizshala
Bizshala
Bizshala
IME remit
Shikhar Insurance
Mahalaxmi Development Bank

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.