शनिबार, फाल्गुन १०,२०८१ 09:17:10
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 09:17:10
IME remit
Global IME Bank Limited

दीपेन्द्र अग्रवालका कारण ब्रोकर हैरान, चलखेल गर्न अत्यधिक कोल्याट्रल चलाएको खुलासा

Hyundai Nepal
दीपेन्द्र अग्रवालका कारण ब्रोकर हैरान, चलखेल गर्न अत्यधिक कोल्याट्रल चलाएको खुलासा
Nabil Bank Limited

काठमाण्डौ । पछिल्लो समय आफूलाई ‘बजारको ठूलो सेयर लगानीकर्ता’ बताउने, बजारमा ‘गैरकानूनी काम’का पर्याय दीपेन्द्र अग्रवालले जोशी हाइड्रोको सेयरमूल्य उचाल्न अत्यधिक मात्रामा ब्रोकरको कोल्याट्रल प्रयोग गरेको खुलेको छ । उनले यस्तो गर्दा आफूहरुले दैनिकजसो सकस भोग्नुपरेको गुनासा ब्रोकरहरुले गरेका छन् ।  

हाल दीपेन्द्र अग्रवालले  श्रीकृष्ण सेक्युरिटिज(स्टक ब्रोकर नम्बर २८)बाट  कारोबार गर्ने गर्छन् । अग्रवालले कारोबार गर्ने हरेक ब्रोकरमा कम्तीमा पनि १२ –१५ करोड रुपैयाँ उधारो हुने गर्छ । उनी ब्रोकरहरुलाई थर्काएर लामो समयसम्म उधारोमै कारोबार गर्छन् ।  

Shivam Cement
CG Motors
Sagarmatha Cement

सीडीएसीस्थित उच्च स्रोतकाअनुसार पछिल्लो समय अग्रवालले कारोबार गर्ने श्रीकृष्ण सेक्युरिटिजमा १६ करोड रुपैयाँ बाँकी रहँदा सबै ब्रोकर नै आउट हुने अवस्था बन्यो । यही समस्या उनले कारोबार गर्ने शिल्पा सेक्युरिटिज(स्टक ब्रोकर नम्बर २०)मा पनि देखियो ।  

एक ब्रोकरले दिएको जानकारीअनुसार उनले कम्तीमा १० करोडभन्दा तलको कोल्याट्रलमा कारोबार नै गर्दैनन् । ‘अघिल्लो साता जसोतसो अन्य ब्रोकरहरुसँग पनि सहकार्य गरेर हिसाब मिलान गरियो । तर आउने साता के कसरी राफसाफ गर्ने भन्ने समस्या छ ।’–एक पीडित ब्रोकरले भने ।  

अहिले ब्रोकरहरुको सेट्लमेन्ट ग्यारेण्टी फण्ड पनि छैन । कुनै एउटा ग्राहकले ठूलो फण्ड चलाएको अवस्थामा त सेटलमेन्ट नै हम्मे–हम्मे हुने गर्छ । नाम नखुलाइदिन आग्रह गर्दै अर्का एक ब्रोकरले भने–‘हामीले त दीपेन्द्रजस्ता खुलेआम गैरकानूनी कारोबार गर्नेलाई इन्ट्री नै दिन छोड्यौं । ब्यापार भयो भनेर के गर्ने, राफासाफ नै समस्यामा परेपछि ? फेरि उसका कारण कतिबेला फसिने हो भन्ने पनि ठेगान भएन ।’    

दीपेन्द्र अग्रवालको गैरकानूनी कामका ब्रोकर हाउसबाट आएका यी सामान्य कथा मात्रै हुन् । एक ब्रोकरले उनकै कारण नेपालको पूँजीबजार जोखिममा आएको समेत दाबी गरे । उनले नियामक निकाय, ब्रोकर र सञ्चारमाध्यम सबैलाई थर्काएर पूँजीबजार धराशायी बनाउँदै खुलेआम सर्वसाधारण लुट्ने धन्दामा अग्रवालको संलग्नता रहे पनि नियामकहरु तै चूप मै चूप बनेका दाबी गरे ।  

‘अहिले धितोपत्र बोर्डमा अध्यक्ष छैनन् । निमित्त अधिकार पाएकासँग उनलाई कारबाही गर्ने अधिकार छैन । केही काम गर्न परे बोर्ड बैठक नै बोलाउनु पर्छ । बोर्ड बैठक बोलाउँदा हप्तौ पनि लाग्ने गर्छ ।’–धितोपत्र स्रोतले भन्यो ।  

नियामक कमजोर बनेको र चाहेर पनि तत्काल केही गर्न नसक्ने कुरा राम्रोसँग बुझेका अग्रवाल यही मौका छोपेर बजारमा जथाभावी गरिरहेका छन् । कारोबार समयमै निश्चित कम्पनी खरीद गर्न वा बिक्री गर्न खुलेआम आह्वान गर्ने गर्छन् ।  

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.