शनिबार, फाल्गुन १०,२०८१ 02:50:31
IME remit
  • शनिबार, फाल्गुन १०,२०८१ 02:50:31
IME remit
Global IME Bank Limited

बिजशालालाई दीपेन्द्र अग्रवालको खण्डनपत्र-'२२ नम्बर ब्रोकरमा मेरो खाता छैन'

फेरि दिए विवादास्पद अभिव्यक्ति-‘सीआइबी, साइबर ब्यूरो र प्रेस काउन्सिलका मान्छेले फोन गर्छन्, घर चलाइदिनुपर्यो भन्छन्’

Hyundai Nepal
बिजशालालाई दीपेन्द्र अग्रवालको खण्डनपत्र-'२२ नम्बर ब्रोकरमा मेरो खाता छैन'
Nabil Bank Limited

काठमाण्डौ । विवादास्पद सेयर लगानीकर्ता तथा जोशी हाइड्रोपावरको सेयरमूल्य खुलेआम १००० रुपैयाँ प्रतिकित्ता पुर्याउँछु भन्दै गैरकानूनी उर्दी जारी गर्ने दीपेन्द्र अग्रवालले बिजशालामा फागुन ७ गते प्रकाशित समाचारको खण्डन एकसातापछि पठाएका छन् ।  

उनका गैरकानूनी उर्दी, कारोबार तथा सार्वजनिक रुपमा पत्रकार तथा मिडिया हाउसप्रति गालीगलौज, धम्की दिएको र समर्थकबाट धम्की दिन लगाएको विषय अनुसन्धानमा तानिएपछि सम्भावित कारबाहीको डरले उनले ढिलै भए पनि कानूनी प्रक्रिया स्वीकार गर्दै खण्डनपत्र पठाएका हुन् । 

Shivam Cement
CG Motors
Sagarmatha Cement

बिजशालालाई आइतबार एक पत्र लेख्दै उनले ‘दीपेन्द्र अग्रवालका कारण ब्रोकर हैरान, चलखेल गर्न अत्यधिक कोल्याट्रल चलाएको खुलासा’ नामको समाचारको खण्डन पठाएका हुन् ।  

सो समाचारमा उल्लेख गरिएको २२ नम्बर ब्रोकरमा समेत उनको उधारो छ भन्ने व्यहोरा सत्य नभएको उनले पत्रमा जिकिर गरेका छन् । सो समाचारमा उल्लेख गरिएका अन्य दुई ब्रोकरसहित २२ नम्बर ब्रोकरको समेत नाम पर्न गएकोमा तत्कालै समाचारमा सच्याइसकिएको व्यहोरा छ ।

खण्डनपत्रमा भनिएको छ–‘उपरोक्त सम्बन्धमा मिति २०८०–११–०७ गते बिजशाला.कम नामको अनलाइनमा ‘दीपेन्द्र अग्रवालका कारण ब्रोकर हैरान, चलखेल गर्न अत्यधिक कोल्याट्रल चलाएको खुलासा’  भन्ने शीर्षक राखी  अत्यन्त भ्रामक, कपोकल्पित, हुँदै नभएको झुटो समाचार प्रकाशन गरी दिपेन्द्र अग्रवालको चरित्र हत्या गरेकोले सो समाचार सच्याउन, आइन्दा यस्ता झुटो समाचार नलेख्न र यो खण्डन प्रकाशन गर्नुहोला । मेरो २२ नम्बर ब्रोकरमा आजसम्म खाता छैन । तर सो अनलाइनले मेरो २२ नम्बर ब्रोकरमा करोडौँ उधारो भनेर लेखेको छ ।’

अग्रवालसँग सम्बन्धित रहेर त्यसअघि र पछि प्रकाशित समाचारका अन्य विषयप्रति उनले मौनता प्रकट गरेका छन् । अग्रवालले ‘जोशी हाइड्रोपावरको मूल्य १००० पुर्याउने’ भन्दै गरेको सार्वजनिक उर्दीको विषयमा धितोपत्र बोर्डले सम्बन्धित ब्रोकर र नेप्सेबाट तत् दिनको कारोबार विवरण मागेर अनुसन्धान गरिरहेको छ ।

जोशी हाइड्रोपावरको मूल्य १००० पुर्याउने भन्दै धितोपत्र ऐनविपरीत सार्वजनिक घोषणा गरेका र त्यसलाई केही दिनसम्म निरन्तरता दिएका अग्रवालले आफ्ना निकटस्थहरुलाई प्रयोग गरेर बिजशाला तथा यहाँ कार्यरत पत्रकारहरुको मानमर्दन हुने गरी जथाभावी पोष्ट गर्ने गरेका छन् । उनका केही समर्थकले बिजशालाका सञ्चालक, सम्पादक, संवाददाताहरुको व्यक्ति र पारिवारिक पोष्टमा समेत गएर गलत शब्द प्रयोग गरी गालीगलौज गरेका विषयमा बिजशालाको तर्फबाट साइबर ब्यूरोमा उजुरी समेत गरिसकिएको छ ।  

सीआइबी, साइबर ब्यूरोदेखि प्रेस काउन्सिलका अधिकारीका विषयमा विवादास्पद अभिव्यक्ति

अग्रवालको गैरकानूनी उर्दीको विषयमा सीआइबीमा समेत उजुरी परेको छ । उनले केही भिडियो सामाग्रीमार्फत आफूलाई आँखा लगाउनेहरुको आँखा निकालिदिने खुलेआम धम्की दिएका छन् ।  त्यति मात्र होइन, आफूलाई सीआइबी, साइबर ब्यूरो हुँदै प्रेस काउन्सिलका पदाधिकारीहरुले समेत हामीलाई पनि बताइदिन पर्यो, घर चलाइदिनपर्यो भन्दै गुहार माग्ने गरेको भन्दै सार्वजनिक आक्षेप समेत लगाएका छन् । ‘अब म साइबर ब्यूराको मान्छेलाई चिन्छु, सीआइबीको मान्छेलाई चिन्छु, अब म प्रेस काउन्सिलको मान्छेलाई चिन्छु । अब त उनीहरुले नै फोन गरेर भन्न थाले: मलाई पनि अलिकति बताइदिनपर्यो केही । हाम्रो पनि जीवन चलाइदिनुपर्यो केही ।’ हालै एउटा मिडियामा दिएको अन्तर्वार्तामा उनले भनेका छन् ।  

(हेर्नुस भिडियो)

https://www.youtube.com/watch?v=2c2sxMcOPgQ

 

Nepal Investment Mega Bank Limited
IME remit
Shivam Cement
New Office
Bizshala
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.