बुधबार, बैशाख २,२०८३ 06:14:02
Bizshala
  • बुधबार, बैशाख २,२०८३ 06:14:02
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

हिरासतमुक्त भएपछि दीपेन्द्र अग्रवालले चलाएका कम्पनीको सेयरमूल्यमा फेरि उछाल !

Bizshala
हिरासतमुक्त भएपछि दीपेन्द्र अग्रवालले चलाएका कम्पनीको सेयरमूल्यमा फेरि उछाल !
Shivam Cement

काठमाण्डौ । धोकापूर्ण कारोबारको अभियोगमा १० दिन हिरासत भएर मुक्त भएलगत्तै सेयर कारोबारी दीपेन्द्र अग्रवालले चलाएको स्टकको मूल्यमा फेरि उछालको अवस्था देखिएको छ।  

जिल्ला अदालत काठमाण्डौको आदेशबाट सेयर कारोबारी अग्रवाल बुधबार हाजिरी जमानीमा थुनामुक्त भएका थिए ।  

उनी हिरासतमुक्त भएको भोलिपल्ट अर्थात बिहीबार सेयर कारोबार खुलेलगत्तै उनले चलाएका स्टकहरुको मूल्य निरन्तर बढेको थियो । बढ्ने क्रम बजार अन्त्य हुँदासम्म जारी रह्यो र आजको टप गेनरहरुको सूचीमा दीपेन्द्रले चलाएका स्टकहरुको दबदबा देखियो । 

Laxmi Sunrise Bank Limited
Bizshala
New Office

आज सेयर बजार परिसूचक(नेप्से) ३१.५० अंकले घटे पनि नेपाल फाइनान्स, कर्पोरेट डेभलपमेन्ट बैंक, ग्रीन डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक र सिन्धु विकास बैंकको मूल्यमा उछाल देखियो ।  

सिन्धु विकास बैंकबाहेकका अन्य कम्पनीको सेयरमूल्य सर्किट लेभलमा पुग्यो । 

CG Motors
Garima Development Bank
IME remit

आज धेरै कमाउने कम्पनीहरुको सूचीमा पहिलो नम्बर टेड टावर रह्यो । त्यसपछिका बाँकी ५ वटा कम्पनी अग्रवालले चलाइरहेका कम्पनी देखिए ।  

नेपाल फाइनान्सको मूल्यमा अपर सर्किट लागेका कारण अन्यमा समेत सकारात्मक माहौल देखियो । यहीकारण बिहीबार फाइनान्स सब इण्डेक्समा सुधार देखियो, बाँकी सबै उपसमूहमा रातो पोतियो ।  

Bizshala
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Bizshala
IME remit
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.