शुक्रबार, श्रावण १५,२०८३ 10:28:42
Bizshala
  • शुक्रबार, श्रावण १५,२०८३ 10:28:42
Bizshala
Global IME Bank Limited

बजारमा अनौठो प्रवृति: दीपेन्द्र अग्रवाल पक्राउ पर्दा मूल्य घट्ने, छुट्दा मूल्य बढ्ने

बजारमा अनौठो प्रवृति: दीपेन्द्र अग्रवाल पक्राउ पर्दा मूल्य घट्ने, छुट्दा मूल्य बढ्ने
New Office

काठमाण्डौ । नेपालको सेयर बजारमा बेला बेला अनौठो प्रवृति देखिने गर्छ । विशेष गरी दोश्रो बजारमा हुने कारोबारमा निश्चित व्यक्ति वा सेयर खेलाडीको जीवनमा हुने उतारचढावले उसले चलाउने कम्पनीको मूल्य प्रदर्शनमा  समेत अनौठो उतारचढाव देखिने गरेको हो । उदाहरणको रुपमा दीपेन्द्र अग्रवाल र उनले चलाउने केही स्क्रीप्टलाई लिन सकिन्छ ।  

दश दिनअघि उनलाई धितोपत्र बोर्डको सिफारिसमा प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो(सीआईबी)ले नियन्त्रणमा लिएपछि खुलेको बजारमा उनले चलाउने ठानिएका कम्पनीको सेयरमूल्य तीव्र गतिमा तल झरेको थियो । 

कर्पोरेट डेभलपमेन्ट बैंक, सप्तकोशी डेभलपमेन्ट बैंक, सिन्धु विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक लगायतका स्क्रिप्टलाई बजारमा दीपेन्द्र अग्रवालले चलाएका स्क्रीप्टको रुपमा बुझ्नेहरु धेरै छन् । यही बुझाईका कारण अग्रवाल सीआईबीको हिरासतमा पुगेपछि खुलेको बजारमा यिनै कम्पनीको मूल्य धेरै घट्न पुगेको थियो ।  

हिजो(आइतबार) काठमाण्डौं जिल्ला अदालतको आदेशमा धरौटीमा अग्रवाल रिहा भए । रिहा भएलगत्तै आज(सोमबार) कारोबार खुलेपछि अग्रवालले चलाएको भनिएको कम्पनीको सेयरमूल्यमा बढोत्तरी देखियो । 

अग्रवालले ठूलो कित्ता होल्ड गरेका भनिएको कर्पोरेट डेभलपमेन्ट बैंकको मूल्य १०० रुपैयाँ प्रतिकित्ता(करिब ७ प्रतिशत)ले बढ्यो । सप्तकोशी डेभलपमेन्ट बैंकको मूल्य ६.५४ प्रतिशतले बढ्यो भने ग्रीन डेभलपमेन्ट बैंकको मूल्यमा झण्डै ६ प्रतिशत हाराहारीको बढोत्तरी देखियो । सोमबार धेरै मूल्य बढ्ने पाँच कम्पनीको सूचीमा ३ वटा अग्रवालले चलाएका स्क्रीप्टहरु नै परे ।  

अग्रवाल यसअघि पनि पक्राउ पर्दा बजारमा यस्तै प्रवृति देखिएको थियो । उनी पक्राउ परेलगत्तै उनले चलाएका स्क्रीप्टहरुको मूल्य तीव्र गतिमा तल झरेको थियो । जब छुटे, त्यसपछि फेरि मूल्य उकालो लाग्यो ।

विज्ञहरुले कुनै व्यक्ति विशेषलाई हेरेर कुनै पनि कम्पनीको सेयरमूल्य तलमाथि जानु स्वस्थ बजारको विशेषता नभएको टिप्पणी गरेका छन् । उनीहरु भन्छन्- 'स्वस्थ र सन्तुलित बजार त त्यो हो, जहाँ वित्तीय स्वास्थ्य तथा लाभांश क्षमतालाई आधार बनाएर कुनै पनि कम्पनीको मूल्य तलमाथि हुन्छ । कुनै व्यक्ति विशेष पक्राउ पर्दा मूल्य घट्नु र छुट्दा मूल्य बढ्नू परिपक्व बजारको विशेषता नै होइन ।'  

यो पनि हेर्नुहोस

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.