आईतवार, भाद्र २३,२०८१ 08:03:46
IME remit
  • आईतवार, भाद्र २३,२०८१ 08:03:46
IME remit
Global IME Bank Limited

कारोबार समयमा दीपेन्द्र अग्रवालको बजार प्रभावित पार्ने स्टाटस, जोशी हाईड्रो हजार पुग्ने प्रचार

Hyundai Nepal
कारोबार समयमा दीपेन्द्र अग्रवालको बजार प्रभावित पार्ने स्टाटस, जोशी हाईड्रो हजार पुग्ने प्रचार
Nabil Bank Limited

काठमाण्डौ । सेयरबजारमा कसैले पनि कारोबार समयमा बजारलाई प्रभावित पार्ने गरि कुनै पनि अभिव्यक्ति दिन तथा कारोबारको जानकारी सार्वजनिक गर्न मिल्दैन । पूँजीबजारमा धेरै लगानीकर्तामाझ परिचय बनाएका  दीपेन्द्र अग्रवालको फेसबुक पेजमा ६१ हजार भन्दा बढी फलोर्स रहेका छन् ।  

प्रायः फेसबुक तथा क्लबहाउस जस्ता  सामाजिक सञ्जालमा  सक्रिय रहने दीपेन्द्र अग्रवाल बुधबारको कारोबारमा भने केही उत्तेजित रुपमा प्रस्तुत भए । उनी आफुु मात्रै उत्तेजित देखिएनन् कि अग्रवालले कम्पनीको स्क्रिप्ट नै तोकेर यस्तो लेखेका थिए, ‘आज मैले आफ्नो सम्पूर्ण फाइनान्स तथा पिपुल्स पावर र रिभर फल्स पावर लिमिटेड बेचेर जोशी हाइड्रो किन्ने निणर्य गरेको छु । के जोशी १००० पुग्ला?  

Shivam Cement
Sagarmatha Cement
Muktinath Bikas Bank Limited

अग्रवालले यस्तो स्टाटस आएपछि लगानीकर्ताले उनको आलोचना गरेका छन् । केहीले सामाजिक प्रयोगकर्ताले उनको स्टाटसमा प्रतिक्रया जनाउँदै फेरी फाइनान्स पछि जोशी हाइड्रोमा टोपी लगाउने पालो आएको भन्दै कमेन्ट गरेका छन् । कारोबार समयमा नै फेस बुक र क्लबहाउसमा उनको चर्को आलोचना भए पछि अग्रावल माफी माग्न भने पछि हटेनन् ।  एक लगानीकर्ताले उनको आलोचना गरे पछि उनले  क्लबहाउसमा बोल्दै आफुुबाट गल्ति भएको स्वीकार गर्दै उक्त स्टाटस मेटाउने र अब यस्तो नगर्ने पनि बताए । त्यसको केही समयमा उनले त्यो स्टाटस फेसबुक पेजबाट हटाए ।  

यस अघि पनि दीपेन्द्र अग्रावलले सामाजिक सञ्जाल प्रयोग गरेर गोरखा फाइनान्स, नविल बैंक भन्दा माथी पुर्याएको बजारमा लगानीकर्ताहरुले आरोप लगाएका थिए । लगानीकर्ता टेकेन्द्र थपलियाले दीपेन्द्र अग्रावाल जस्ता लगानीकर्ताहरुकै कारण नेपाल राष्ट्र बैंक र अर्थ मन्त्रालय पूँजीबजारप्रति निर्मम भएको आरोप लगाए । उनले भने,‘यस्तै कारण हामीले अनेक प्रयास गर्दा पनि राष्ट्र बैंकलाई कन्भिन्स गर्न सकेनौ । यो दीपेन्द्रको गैरकानुनी कार्य नै हो । यसले उनी आफैलाइै अप्ठ्यारो पर्छ । दीपेन्द्र जस्तो बजारमा राम्रो परिचयन बनाएको व्यक्तिले कारोबार समयमा नै यस्तो अभिव्यक्ति दिनु स्वभनीय होइन ।’ उनले भने ।  

अर्का एक लगानीकर्ता सूर्यनारायण पौडेलले पनि दीपेन्द्र अग्रवालले जोशी जस्तो कम्पनी हजार त पक्कै पुग्छ भनि सोझा लगानीकर्तालाई फेसबुकमार्फत फसाउँदै गरेको आरोप लगाए । उनले प्रश्न गर्दै भने,‘नियामकले के गर्दैछ ?’    

नेपाल धितोपत्र बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले कसैले पनि बजारलाई प्रभावित पार्ने गरि अभिव्यक्ति दिन नमिल्ने बताए । यस्ता कार्य  धितोपत्र बोर्डको सुपरिबेक्षण विभागले हेर्ने गरेको छ । यसमा कसैले उजुरी गरेको खण्डमा जरिवना तथा कैद पनि हुन सक्ने व्यवस्था रहेको उनले बताए । उनले सामाजिक सञ्जालमा बजारलाई प्रभावित पार्ने यस्ता क्रियाकलापलाई सुक्ष्म निगरानी गरिरहेको बताए ।  

 

Nepal Investment Mega Bank Limited
CG Motors
Bizshala
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com is a leading financial news portal of Nepal run by SOS Media Pvt Ltd. It especially covers the economy, capital market, real estate, banks and financial institutions, merchant banks and various investment tools, insurance market, tourism, auto industry and other fresh and investigative news. Bizshala, which succeeded in becoming the country's leading economic news portal within a short period of its establishment, has the involvement of experienced and seasoned journalists in the financial field. We believe in investigative, factual and innovative news. We look at every news that the reader is interested in from an economic point of view.

Global IME Bank Limited
X
Global IME Bank Limited
X