शनिबार, श्रावण ३०,२०८३ 08:12:01
Bizshala
  • शनिबार, श्रावण ३०,२०८३ 08:12:01
Bizshala
Global IME Bank Limited

नेप्सेको चार्टमा ‘बियरिस इन्गल्फिङ’ प्याटर्न, मनी फ्लोमा पनि कमजोर बन्दै बजार !

Prabhu Bank Limited
नेप्सेको चार्टमा ‘बियरिस इन्गल्फिङ’ प्याटर्न, मनी फ्लोमा पनि कमजोर बन्दै बजार !
New Office

काठमाण्डौ । आज दिनभर उतारचढावपूर्ण रहेको बजार अन्त्यमा करिब ५० अंकले घटेर बन्द भयो । आज बजार घट्दा कारोबार पनि घटेको छ । प्राविधिक रुपमा अजाको बजारलाई क्याण्डल स्टिकरबाट नियाल्दा बियरिस इन्गल्फिङ प्याटर्न बनेको छ ।  

यदि अघिल्लो हरियो क्याण्डललाई पछिल्लो रातो क्याण्डलले पुरै ढाक्छ भने त्यसलाई बियरिस इन्गल्फिङ प्याटर्न भनिन्छ । यसले घट्दो बजारलाई संकेत गर्छ ।  

त्यसैगरि, बोलिङ्गर ब्याण्डबाट नियाल्दा बजारले अपर ब्याण्डलाई छोडेको अवस्था छ । अब बजार मध्य ब्याण्डसम्म सपोर्ट लिन आउन पनि सक्छ । म्याक्डीमा यसअघि बनेको बुलिस क्रसओभर भ्यालिड नै छ तर हिस्टोग्राम फिक्का र छोटा–छोटा हुँदै गएका छन् ।  

CG Motors

आरएसआई ओभर बट जोनबाट खसेर हाल ७० को तहमा आइपुगेको छ । मनी फ्लो इन्डेक्सले यस अघि नै बियरिस डाइभर्जेन्स देखाई सकेको छ । आइतबार एकै दिनको कारोबार साढे २६ अर्बबाट खुम्चिएर आज यस्तो कारोबार १६ अर्बमा सीमित भएको छ । यद्यपी यस्तो कारोबार २० दिनको औषत कारोबार भन्दा बढी छ । यो भनेको अझै पनि कारोबार बलियो नै रहेको छ भन्ने हो ।  

पिभट् मार्फत नियाल्दा आज २ हजार ९५४ विन्दुमा बन्द भएको बजारले अब क्रमशः २९४४, २८९५ र २८०८ मा सपोर्ट लिन सक्छ । त्यसैगरि, बढेमा भने बजारले क्रमशः ३०३०, ३०८० र ३१६६ विन्दुमा प्रतिरोध सामना गर्न सक्छ ।  

नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।  

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.