काठमाण्डौ । हाईड्रोइलेक्ट्रीसिटी एण्ड इभनेष्टमेन्ट कम्पनी लिमिटेड(एचआईडीसीएल)को अध्यक्षमा सरिता दवाडी चयन भएकी छन् । कम्पनीको असार १५ गते बसेको सञ्चालक समितिको बैठकले दवाडीलाई कम्पनीको अध्यक्ष चयन गर्ने निर्णय गरेको हो ।
यसअघिका कम्पनीका अध्यक्ष चिरञ्जीवी चटौतको स्थानमा उर्जा जलस्रोत तथा सिँचाई मन्त्रालयले सरिता दवाडीलाई मनोनयन गरि पठाएको कम्पनीले जनाएको छ ।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।