काठमाण्डौ। हाइड्रोइलेक्ट्रिसिटी इन्भेष्टमेन्ट एन्ड डेभलपमेन्ट कम्पनी लिमिटेड (एचआईडीसीएल) को सञ्चालक समितिमा नागरिक लगानी कोषका कार्यकारी निर्देशक पर्वत कुमार कार्की मनोनयन भएका छन्।
यसअघि कम्पनीको सञ्चालक समितिको सदस्यमा राष्ट्रिय जीवन बीमा कम्पनी लिमिटेडका नायव प्रमुख कार्यकारी अधिकृत महेश रिमाल रहेका थिए। उनको स्थानमा नागरिक लगानी कोषले कार्कीलाई सञ्चालकका रूपमा मनोनयन गरेको हो।
नागरिक लगानी कोषबाट भदौ १५ गते प्राप्त पत्रअनुसार कार्कीलाई कम्पनीको सञ्चालकमा मनोनयन गरिएको हो। मनोनयनपछि उनले भदौ १६ गते कम्पनीका सञ्चालक समिति अध्यक्षबाट सञ्चालक पदको शपथ ग्रहण गरेका छन्।


प्रतिक्रिया
0 प्रतिक्रियाअहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।