सोमबार, श्रावण १८,२०८३ 11:28:16
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 11:28:16
Bizshala
Global IME Bank Limited

निफ्रा र एचआइडिसिएलको लाभांश लगानीकर्ताले अझै पाएनन्, दोषी को ?

निफ्रा र एचआइडिसिएलको लाभांश लगानीकर्ताले अझै पाएनन्, दोषी को ?
New Office

काठमाण्डौ । नेपाल इन्फ्रास्टक्चर बैंक(निफ्रा ) र हाइड्रो इलेक्ट्रिसिटी डेभलपमेन्ट कम्पनी लिमिटेड(एचआइडीसीएल)ले लामो समय बित्दा पनि लाभांश नपठाएको लगानीकर्ताहरुले गुनासो गरेका छन् । 

मंगलबार ब्रोकर हाउसमा भेटिएका र क्लबहाउसमा बोल्ने लगानीकर्ताहरुले यस्तो आरोप लगाएका हुन् । 

निफ्राले पुस ५ गते बुक क्लोज गरेर पुस १७ गते साधारणसभा गरेको थियो भने एचआइडीसीएलले पनि पुष १७ गते बुकक्लोज गरेको थियो । एचआइडीसीएलले पुष २९ गते साधारणसभा गरेको थियो । यो कम्पनीले लगानीकर्ताहरुलाई चुक्तापूँजीको ५.२६ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पास गरेको थियो ।

त्यसैगरी निफ्राले लगानीकर्ताहरुलाई चुक्तापूँजीको ४.१७ प्रतिशतले लाभांश दिने प्रस्ताव पारित गरेको थियो । निफ्राले साधारणसभा गरेको नै एकमहिना बितेको छ भने एचआइडीसीएलको पनि करिब १५ दिन समय बितेको छ । ब्रोकरहाउसमा भेटिएका एक लगानीकर्ताले पैसा नआउनुमा ग्लोबल आइएमई क्यापिटललाई दोष दिएका छन् । 

उनले भने–‘यी दुवै कम्पनीका बिक्री प्रबन्धक ग्लोबल आइएमई क्यापिटल हो । यो क्यापिटलले पैसा पठाउने विषयमा सधैं यस्तै गर्छ ।’ फोन गरेको खण्डमा पनि भोलि भन्ने गरेको ती लगानीकर्ताले आरोप लगाए । ग्लोबल आइएमई क्यापिटलकी उपकार्यकारी निर्देशक नलिना श्रेष्ठले निफ्राको पैसा पठाउने कार्य भइरहेको दाबी गरिन् ।

उनले भनिन्–‘केही लगानीकर्ताहरुको खाता नम्बर नमिलेर, केहीको खाता ब्लक भएर वा डोरम्याटमा गएका कारण वा मर्ज हुँदा खाता नम्बर नमिलेको अवस्थामा मात्रै खातामा पैसा नगएको हो । कसैले क्यापिटलमा १२ बजे अगाडि फोन गरेमा त्यही दिन र त्यसपछि फोन गरेरको खण्डमा भोलिपल्ट नै निफ्राको पैसा हालिदिने गरेका छौं ।’ श्रेष्ठले एचआइडीसीएलको विषयमा भने सरकारबाटै स्वीकृति आउनुपर्ने भएकोले केही समय ढिलो भएको स्वीकार गरिन् । ‘यो विषयमा हामीले पनि एचआइडीसीएलमा कुरा गरेका छौं, तपाइँहरुले पनि फ्लो गरिदिनु पर्यो ।’ बिजशालाले निफ्रामा सम्पर्क गर्न खोज्दा कुनै पनि उपल्लो तहका कर्मचारी सम्पर्कमा आउन चाहेनन् ।

कार्यालयको फोन उठाउने एक महिला कर्मचारीले केही उपल्लो तहका कर्मचारी बिदेश भ्रमणमा रहेका र केही भने कार्यालयबाहिर रहेको जानकारी दिइन् ।

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.