काठमाण्डौ । कुमारी सामुहिक लगानी कोषअन्तर्गत सञ्चालन हुने ‘कुमारी सबल योजना’ को इकाई खरिदका लागि आवेदन दिने आज अन्तिम दिन रहेको छ । गत माघ २८ गतेदेखि सार्वजनिक निष्कासन गरिएको कुमारी बैंक कोष प्रवद्धक र कुमारी क्यापिटल योजना व्यवस्थापक रहेको यो म्युचअल फण्डको १० करोड इकाईमा आवेदन दिने आज अन्तिम दिन रहेको हो ।
प्रति इकाइ मुल्य रु.१० दरको १० करोड इकाइमध्ये बीज पूँजी वापत १ प्रतिशत अर्थात १० लाख इकाई यानेजना व्यवस्थापक कुमारी क्यापिल,१४ प्रतिशत अर्थात १ करोड ४० लाख इकाइ कोष प्रवद्धक कुमारी बैंकका लागि गरी कुल निष्कासन गरिने इकाइको जम्मा १५ प्रतिशत सुरक्षित राखि बाँकी न्यूनतम ८ करोड ५० लाख इकाइ सर्वासाधारणका लागि बिक्री खुला गरिएको छ ।
लगानीकर्ताले न्यूनतम १०० कित्ता र अधिकतममा १ करोड इकाइका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले नेपाल धितोपत्र बोर्डबाट धितोपत्र दरखास्त संकलनको लागि अनुमति प्राप्त बैंक तथा वित्तीय संस्थाहरु(आस्वा सदस्य) का आस्वा सेवा प्रदान गर्ने सम्पूर्ण कार्यालयहरुबाट आवेदन दिन सक्नेछन्।
यो योजना बन्दमुखि योजना हो ।