सोमबार, श्रावण १८,२०८३ 05:44:06
Bizshala
  • सोमबार, श्रावण १८,२०८३ 05:44:06
Bizshala
Global IME Bank Limited

अष्ट्रेलियामा विदेशीहरुलाई २ वर्षसम्म घर किन्न प्रतिबन्ध

अष्ट्रेलियामा विदेशीहरुलाई २ वर्षसम्म घर किन्न प्रतिबन्ध
New Office

काठमाण्डौ । अष्ट्रेलियाले विदेशी लगानीकर्तालाई आगामी दुई वर्षसम्मका लागि घर किन्न प्रतिबन्ध लगाउने भएको छ । देशभरको हाउजिङ आपूर्तिमा देखा परेको दबाब कम गर्न अष्ट्रेलियाली सरकारले यस्तो घोषणा गरेको हो ।  

‘हामी विदेशी लगानीकर्तालाई आगामी अप्रिल १ देखि मार्च ३१ २०२७ सम्म अष्ट्रेलियामा घर किन्न प्रबितन्ध लगाउदै छौं,’ अष्ट्रेलियाका ट्रेजरर जिम चालमेर्सले हाउजिङ मन्त्री क्लार्क ओ नियलसँग संयुक्त विज्ञप्ती निकाल्दै भने । विज्ञप्तीमा प्रतिबन्धको समयावधि लम्ब्याउने विषयमा पुनरावलोकन समेत हुन सक्ने जनाइएको छ ।  

अष्ट्रेलियामा हाउजिङ क्षेत्रलाई लिएर गत वर्ष असन्तुष्टि हालसम्मकै उच्च पुगेको थियो । यो विषयले आगामी मे मा आयोजना हुने आम निर्वाचनलाई प्रभावित पार्ने समेत जनाइएको छ । हाउजिङका कारण अष्ट्रेलियाको जीवनयापन महङ्गो भएको छ ।  

अष्ट्रेलिया सरकारले हालैमात्रै हाउजिङ सुधार बिल पास गरेको थियो । जसमा मूल्य कम गर्न र सन् २०३० सम्म १२ लाख नयाँ घर निर्माण गर्न डेभलपर्सका लागि इक्विटी स्किम र कर सुविधा समावेश छन् ।    

प्रतिक्रिया

0 प्रतिक्रिया
प्रतिक्रिया फारम तयार हुँदैछ...

अहिलेसम्म कुनै प्रतिक्रिया छैन। पहिलो प्रतिक्रिया तपाईंको हुन सक्छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.