काठमाण्डौ । नेपालको प्रमुख ईभी बिक्रेता सिजी मोटर्सले नेपालमा स्मार्ट सवारी साधनको भविष्य सुनिश्चित गर्दै देशकै सबैभन्दा व्यापक चार्जिङ पूर्वाधार उपलब्ध गराउँदैछ। २४८ं जीबीटी र २४ं सीसीएस्–२ चार्जिङ स्टेसनहरू नेपालभर विस्तार गर्दै सिजी मोटर्सले विद्युतीय सवारी साधनलाई अझ व्यावहारिक, सुविधाजनक, र सहज बनाउन लागेको हो।
चार्जिङ पूर्वाधारको विस्तारले नेपाललाई विद्युतीय साधनतर्फ अघि बढाउन महत्वपूर्ण भूमिका खेल्ने विश्वास कम्पनीको रहेको छ। व्यापक र भरपर्दो नेटवर्क उपलब्ध गराएर, सिजी मोटर्सले रेन्ज एंग्जाइटी हटाउँदै ईभी प्रयोगकर्ताहरूलाई तनावमुक्त रहने सेवा प्रदान गरिरहेको छ। प्रमुख शहरहरूमा होस्वा मुख्य राजमार्गहरूमा, सिजी मोटर्सका चार्जिङ स्टेसनहरूले ईभी चालकहरूलाई आत्मविश्वासका साथ यात्रा गर्न सक्षम बनाएको कम्पनीले जनाएको छ।
ग्राहक अनुभवलाई उत्कृष्ट बनाउन सिजी मोटर्सले सिजी केयर्स एप पनि सुरु गर्ने योजना बनाएको छ। यस एपबाट २४÷७ रोडसाइड असिस्टेन्स (हटलाइन नम्बरः ं९७७ ९७०७०९४२०७) सर्भिस,पार्ट्स केन्द्रहरूको जानकारी, सेवा बुकिङ र ट्र्याकिङ, चार्जिङ स्टेसनहरूको जानकारी साथै सिजीसँग सम्बन्धित जानकारी लिन सकिन्छ।
नेपालभर २१ भन्दा बढी अत्याधुनिक सेवा केन्द्रहरु र काठमाण्डौको बागडोलमा स्थित प्रमुख सर्भिस सेन्टरमार्फत सिजी मोटर्सले आफ्ना ग्राहकहरूलाई उच्चस्तरीय सेवा उपलब्ध गराउन प्रतिबद्ध रहेको जनाएको छ। नेपालको २४८ं स्थानमा सर्वाधिक चार्जिङ स्टेसन रहेको सिजी मोटर्सको सम्पूर्ण जानकारी सिजी क्यारेस एपबाट लिन सकिने कम्पनीले उल्लेख गरेको छ।