काठमाण्डौ । चार कारोबार पछि आज नेप्से १० अर्बको कारोबारसहित २७ सयको विन्दुमाथि पुगेको छ । प्राविधिक रुपमा आजको बजारलाई नियाल्दा कारोबार तथा भोल्युमबाट पनि बुलिस बन्दै गरेको देखिन्छ । बजारलाई डाउ थेउरीबाट नियाल्दा पनि हायर हाई र हायर लोका सिरिज बनाएको देखिन्छ ।
पछिल्लो पटक २५७० विन्दुमा नयाँ लो बनाएको बजारले त्यहाँबाट फर्केर २५८६ र २६७२ विन्दुमा नयाँ हायर लो बनाएको छ । यसलाई प्राइस एक्सनमार्फत नियाल्दा बजारले बुलिस यात्रा तय गर्दै गरेको देखिन्छ । आज २७ सय माथि बन्द भएको बजार यदि आगामी कारोबारमा २७६० विन्दुभन्दा माथि बन्द भएको खण्डमा नयाँ हायर हाई बनाउने छ ।
त्यसपछि पनि माथि लागेमा बजारले यस अघिको ट्रिपल टप २८ सय आसपासमा प्रतिरोध सामना गर्न सक्नेछ । यहाँबाट पनि माथि लागेमा बजारले अर्को प्रतिरोध ३ हजार विन्दु आसपास लिन सक्नेछ । बजारलाई आरएसआईबाट नियाल्दा ६० भन्दा माथि बुलिस यात्रामा चलेको छ । म्याक्डीमा यस अघिनै बुलिस रहेको छ ।
नोटः सेयर बजारमा लगानी जोखिमपूर्ण हुन्छ । यो विश्लेषण कारोबारका लागि सिफारिस भने होइन ।