बिहीबार, बैशाख ३१,२०८३ 11:00:48
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 11:00:48
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

‘सानिमा फ्लेक्सी फण्ड’ मा आजदेखि खरिद आवेदन दिन सकिने

Laxmi Sunrise Bank Limited
‘सानिमा फ्लेक्सी फण्ड’ मा आजदेखि खरिद आवेदन दिन सकिने
Shivam Cement

काठमाण्डौ । ‘सानिमा म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने ‘सानिमा फ्लेक्सी फण्ड’को सार्वजनिक निष्कासन आजदेखि भएको छ । सानिमा बैंक लिमिटेड, कोष प्रबद्र्धक तथा सानिमा क्यापिटल योजना ब्यवस्थापक तथा डिपोजिटरी रहेको ‘सानिमा म्युचुअल फण्ड’अन्तर्गत सञ्चालन हुने चौथो तथा पहिलो खुलामुखी योजना ‘सानिमा फ्लेक्सी फण्ड’ को सार्वजनिक निष्कासन भएको हो ।  

यो योजना सञ्चालन गर्न नेपाल धितोपत्र बोर्डले माघ २ गते अनुमति दिएको थियो ।  

यस योजनाको पहिलो चरणमा स्विकृत आकार रु। १ अर्ब रहेको छ । खुलामुखी प्रकृतिको यस सामूहिक लगानी कोष योजनाको कुल आकार प्रतिइकाई अंकित मूल्य रु। १० दरको १० करोड० इकाईमध्ये ४० प्रतिशत अर्थात् ४ करोड इकाई प्रथम चरणमा सार्वजनिक रुपमा बिक्रीका लागि खुल्ला गरिएको छ ।  

Bizshala
New Office
CG Motors

उक्त निष्काशन गरिने इकाई मध्ये योजनाको कुल आकारको १५ प्रतिशत अर्थात १ करोड ५० लाख इकाई मध्ये कोष प्रवद्र्घक सानिमा बैंकलाई १३ प्रतिशत अर्थात १ करोड ३० लाख इकार्ई तथा योजना व्यवस्थापक सानिमा क्यापिटल लिमिटेडलाई २ प्रतिशत अर्थात २० लाख इकाई सुरक्षित राखी बाँकी रहने ८ करोड ५० लाख इकाईमध्ये प्रथम चरणमा सर्वसाधारणहरुमा २ करोड ५० लाख इकार्ई सार्वजनिक रुपमा बिक्रीको लागि खुल्ला गरिएको छ ।

यस योजना एक खुलामूखी प्रकृतिको योजना भएकाले यसका इकाईहरु कुनै पनि धितोपत्र बजारमा सूचिकरण नहुने हुँदा यस योजनाको सार्वजनिक निष्काशन पश्चात दोस्रो चरणमा सामूहिक लगानी कोष नियमावली, २०६७ बमोजिम योजनाको इकाई योजना व्यवस्थापक तथा योजना व्यवस्थापकले तोकेको वितरकहरुमार्फत निरन्तर खरिद बिक्रीको लागि खुल्ला गरिनेछ । जस अन्र्तगत यस योजनामा लगानी गर्न चाहने लगानीकर्ताहरुले योजना व्यवस्थापकको कार्यालय सममार्ग, नक्साल वा तोकिएको वितरक कार्यालयहरु साथै अनलाईन मार्फत इकाई खरिदका लागी आवेदन दिएर वा व्यवस्थित लगानी योजनामार्फत सहभागी भई लगानी गर्न सक्नेछन् ।

Garima Development Bank
Shivam Cement
IME remit

सानिमा बैँकको पूर्ण स्वामित्वमा रहि विगत ९ बर्षदेखी सञ्चालनमा रहेको नेपालको पूँजीबजारमा एउटा दक्ष तथा अनुभवी योजना व्यवस्थापकको परिचय बनाउन सफल योजना व्यवस्थापक सानिमा क्यापिटलको व्यवस्थापकत्वमा सानिमा म्युचुअल फण्ड अन्तर्गत यस अघि नै तीन वटा बन्दमुखी योजनाहरु समेत सञ्चालनमा रहेको छ । जसमध्ये सानिमा इक्विटी फण्डले आफ्नो ७ वर्ष समयावधि पूूरा भई परिपक्क भईसकेको र इकाईधनीहरुलाई लगानी रकम फिर्ता गर्ने चरणमा रहेकोमा उक्त योजनाको अवधिभरमा कुल वार्षिक औसत प्रतिफल १७.५ प्रतिशत रहने अनुमान गरिएको छ ।

यो योजनाको निष्कासन बन्द छिटोमा फागुन ११ र ढिलोमा २०८१ फागुन २० हुनेछ । इच्छुक लगानीकर्ताहरुले (व्यक्ति तथा संस्था) यस योजनामा न्यूनतम रु. १ हजार देखि अधिकतम रु. ४ करोडसम्म लगानीका लागी आफ्नो सी–आश्वा खाता रहेको बैंक वा मेरो सेयरमा लगईन गरी अनलाईन आवेदन गर्न सक्नेछन् ।

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.