आईतवार, असार १५,२०८२ 02:56:00
  • आईतवार, असार १५,२०८२ 02:56:00
Global IME Bank Limited

सेयर बजारमा गिरावट आउँदा एनआइसी एशियाका म्युचुअल फण्डहरुको न्याभ घट्यो, सेयरमा कुनको कति लगानी ?

Hyundai Nepal
सेयर बजारमा गिरावट आउँदा एनआइसी एशियाका म्युचुअल फण्डहरुको न्याभ घट्यो, सेयरमा कुनको कति लगानी ?
Nabil Bank Limited

काठमाण्डौ । एनआईसी एशिया क्यापिटल लिमिटेडद्वारा सञ्चालित म्युचुअल फण्डहरुको माघ महिनामा प्रतिइकाई खुद सम्पत्तिको मूल्य (न्याभ) र खुद नाफा घट्न पुगेको छ ।  

क्यापिटलको व्यवस्थापनमा सञ्चालित एनआइसी एशिया ग्रोथ, एनआइसी एशिया ब्यालेन्स्ड फण्ड, एनआईसी एशिया सेलेक्ट–३०, एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको र एनआइसी एशिया ग्रोथ फण्ड–२ को न्याभ घटेको छ ।  

एनआइसी एशिया क्यापिटलको व्यवस्थापनमा ६ वटा म्युचुअल फण्डहरु सञ्चालित छन् । सो मध्ये एनआइसी एशिया डायनामिक डेब्ट फण्डको भने माघ महिनामा न्याभ र नाफा वृद्धि भएको छ ।  

माघ महिनामा सेयरबजारमा उतारचढाव देखिँदा फण्डहरुको न्याभ घट्न पुगेको क्यापिटलले जनाएको छ । पुस महिनामा सेयरबजारमा एकाएक सुधार देखिँदा क्यापिटलका सबै फण्डहरुको न्याभ बढ्न पुगेको थियो ।  

CG Motors
Muktinath Bikas Bank Limited

फण्डहरुले नाफासँगै लगानी पनि बढाएका थिए । तर माघ महिनाको अन्तिमतिर सेयरबजार घट्न पुग्दा म्युचुअल फण्डहरुको न्याभ, कुल नाफा र सूचीकृत सेयरमा लगानी पनि घट्न पुगेको एनआइसी एशिया क्यापिटलका सीओओ प्रज्ञरत्न शाक्यले बताए ।  

सबैभन्दा बढी एनआइसी एशिया ग्रोथ फण्डको न्याभ १९ पैसाले घटेर ११ रुपैयाँ कायम भएको छ । पुस महिनामा उक्त फण्डको न्याभ ११.१९ रुपैयाँ थियो । त्यस्तै, न्याभ घट्दा यता खुद नाफा पनि १६.८२ प्रतिशतले घटेर ७ करोड ८९ लाख रुपैयाँ कायम भएको छ । फण्डले सूचीकृत सेयरमा लगानी २.१९ प्रतिशतले घटाएर माघ महिनामा ६१ करोड ६२ लाख रुपैयाँ लगानी गरेको छ । अघिल्लो महिना फण्डले ६३ करोड रुपैयाँ लगानी गरेको थियो ।  

त्यस्तै, एनआइसी एशिया ब्यालेन्स्ड फण्डको न्याभ ११ पैसाले घटेर १०.५४ रुपैयाँ कायम भएको छ । अघिल्लो महिना फण्डको न्याभ १०.६५ रुपैयाँ थियो । यता एनआइसी एशिया सेलेक्ट–३० इन्डेक्स फण्डको पनि १५ पैसाले घटेर ११.१० रुपैयाँ कायम भएको छ । पुसमा उक्त फण्डको न्याभ ११.२५ रुपैयाँ थियो ।  

यसका साथै एनआइसी एशिया फ्लेक्सी क्याप फण्डको पनि १३ पैसाले न्याभ घटेको छ । पुस महिनामा ११.१३ रुपैयाँ रहेको न्याभ घटेर माघ महिनामा ११ रुपैयाँ कायम भएको छ ।  

त्यस्तै, एनआइसी एशिया डायनामिक डेब्ट फण्डको न्याभ भने ०.०५ रुपैयाँले बढेर १०.७७ रुपैयाँ पुगेको छ । अघिल्लो महिना उक्त फण्डको न्याभ १०.७२ रुपैयाँ थियो । यता खुद नाफा पनि ७.९५ प्रतिशतले बढेर ४ करोड २८ लाख रुपैयाँ पुगेको छ । तर यो फण्डले पनि माघ महिनामा सूचीकृत सेयरमा लगानी ०.१४ प्रतिशतले घटाएको छ ।  

यता एनआइसी एशिया ग्रोथ फण्ड–२ को घाटा भने झनै चुलिएको छ । पुस महिनाको तुलनामा सो फण्डको न्याभ ०.०५ रुपैयाँले घटेर ९.९३ रुपैयाँ कायम भएको छ, भने २४७ प्रतिशतले घाटा चुलिएर ६३ लाख रुपैयाँ नोक्सानी ब्यहोरेको छ । तर फण्डले माघमा भने लगानी २५.५५ प्रतिशतले बढाएर २६ करोड रुपैयाँ लगानी गरेको छ ।

Nepal Investment Mega Bank Limited
Shivam Cement
Bizshala
Shikhar Insurance
Bizshala

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.