बुधबार, असार १०,२०८३ 05:13:27
Bizshala
  • बुधबार, असार १०,२०८३ 05:13:27
Bizshala
Hyundai Nepal
Global IME Bank Limited

एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी नेक्स्ट सिरिजका मेकानिकल एक्साभेटरहरू सुरू गर्ने

Laxmi Sunrise Bank Limited
एमएडब्लू अर्थमुभर्सले नेपालमा जेसीबी नेक्स्ट सिरिजका मेकानिकल एक्साभेटरहरू सुरू गर्ने

काठमाण्डौ । एमएडब्लू अर्थमुभर्स प्रालिले जेसीबी नेक्स्ट इन्डियासँगको सहकार्यमा व्ऋद्य ल्ह्त् सिरिजका नवीनतम एक्साभेटरहरू JCB NXT 221 LC फ्युल मास्टर र JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरहरू सफलतापूर्वक लन्च गर्ने भएको छ। ललितपुरको झम्सिखेल स्थित द प्लाजामा आयोजना हुने भव्य लन्च कार्यक्रममा सरकारी प्रतिनिधि, निर्माण उद्योगका अग्रणी, ग्राहक र डिलरहरू सहित करिब ७०० जना सरोकारवालाहरूको सहभागिता रहने छ।

कार्यक्रममा मेसिनहरूको विशेष प्रस्तुतीकरण रहने छ भने उक्त प्रदर्शनी पश्चात् जेसीबी एक्साभेटर खरिद गर्ने ११ जना ग्राहकहरूलाई साँचो हस्तान्तरण गरिने छ। कार्यक्रममा जेसीबी इन्डियाका सीईओ तथा एमडी दीपक शेट्टी र एमएडब्लू अर्थमुभर्स प्रालिका अध्यक्ष विष्णु अग्रवालको विशेष सहभागिता रहने छ।

New Office
CG Motors
Garima Development Bank

‘लिडर इन एक्साभेटर’ भन्ने थिममा आधारित रहने शुभारम्भ कार्यक्रमले नेपालको विकासशील पूर्वाधार बजारको लागि अति उपयुक्त र टिकाउ उत्खनन मेसिनरी उत्पादन गर्ने जेसीबीको प्रतिबद्धतामा प्रकाश पार्नेछ। JCB NXT 221 LC फ्युल मास्टरले उच्चतम ऊर्जा दक्षता प्रदान गर्दै जटिल उत्खनन कार्यहरूमा प्रभावकारी कार्य गर्नेछ भने JCB NXT 225 LCM ट्र्याक्ड एक्साभेटरले उत्पदकत्त्व वृद्धिका लागि असाधारण हाइड्रोलिक सुविधाहरू प्रदान गर्नेछ। यस उत्पादन लाइनले नेपालको सडक पूर्वाधार विकास, जलविद्युत र शहरी विस्तार परियोजनाहरूमा बढेको सार्वजनिक लगानीसँगै राष्ट्रिय पूर्वाधार परियोजनाहरूलाई अगाडि बढाउन व्यापक सहयोग गर्नेछ।

Sagarmatha Cement
Muktinath Bikas Bank Limited

JCB NXT शृङ्खलाको यो सुरुवात नेपालको निर्माण उद्योगलाई अत्याधुनिक मेसिनरी आपूर्ति गर्ने जेसीबीको समर्पणमा प्राप्त उपलब्धिको ताजा उदाहरणको रूपमा दरिने पक्का छ।

Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.