काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा मतदान प्रतिशत बढाउन दिइने आर्थिक सहयोग रोक्ने निर्णयप्रति प्रतिक्रिया जनाएका छन् । ट्रम्पले भारतलाई उक्त आर्थिक सहयोग दिन आवश्यक नभएको बताएका छन् ।
अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘हामी भारतलाई २१ मिलियन डलर किन दिइरहेका छौं ? उनीहरूसँग धेरै पैसा छ। भारत विश्वमा सबैभन्दा बढी कर लगाइने देशहरूमध्ये एक हो। हामी त्यहाँ पुग्न मुश्किलले मात्रै सक्छौं किनभने तिनीहरूको कर धेरै उच्च छ।’
ट्रम्पले आफू भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई निकै सम्मान गर्ने र दुई दिनअघि मात्रै यहाँबाट निस्केको बताएका थिए तर मतदाताको संख्यामा २१ मिलियन डलर दिन आवश्यक नभएको बताए ।
हालै अर्बपति एलन मस्कको नेतृत्वमा अमेरिकाको नयाँ सरकारी विभाग र डिपार्टमेन्ट गभर्नमेन्ट इफिशियन्सीले विभिन्न देशलाई अमेरिकी सहयोग रोक्ने घोषणा गरेको थियो ।
यो घोषणामा भारतमा मतदान प्रवर्द्धन गर्न कोष पनि समावेश थियो। यस्तै अमेरिकाले नेपाल लगायतका अन्य देशहरुलाई प्रदान गर्दै आएको आर्थिक सहायता समेत रोकेको छ ।