बिहीबार, बैशाख ३१,२०८३ 03:36:18
Bizshala
  • बिहीबार, बैशाख ३१,२०८३ 03:36:18
Bizshala
Hyundai Nepal
Global IME Bank Limited
Bizshala

भारतलाई २१ मिलियन डलर आर्थिक सहयोग रोक्दै ट्रम्पले भने ‘उनीहरुसँग टन्न पैसा छ’

Laxmi Sunrise Bank Limited
भारतलाई २१ मिलियन डलर आर्थिक सहयोग रोक्दै ट्रम्पले भने ‘उनीहरुसँग टन्न पैसा छ’
Shivam Cement

काठमाण्डौ । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमा मतदान प्रतिशत बढाउन दिइने आर्थिक सहयोग रोक्ने निर्णयप्रति प्रतिक्रिया जनाएका छन् । ट्रम्पले भारतलाई उक्त आर्थिक सहयोग दिन आवश्यक नभएको बताएका छन् ।  

अमेरिकी राष्ट्रपति ट्रम्पले भने, ‘हामी भारतलाई २१ मिलियन डलर किन दिइरहेका छौं ? उनीहरूसँग धेरै पैसा छ। भारत विश्वमा सबैभन्दा बढी कर लगाइने देशहरूमध्ये एक हो। हामी त्यहाँ पुग्न मुश्किलले मात्रै सक्छौं किनभने तिनीहरूको कर धेरै उच्च छ।’

Bizshala
New Office
CG Motors

ट्रम्पले आफू भारत र प्रधानमन्त्री नरेन्द्र मोदीलाई निकै सम्मान गर्ने र दुई दिनअघि मात्रै यहाँबाट निस्केको बताएका थिए तर मतदाताको संख्यामा २१ मिलियन डलर दिन आवश्यक नभएको बताए ।  

हालै अर्बपति एलन मस्कको नेतृत्वमा अमेरिकाको नयाँ सरकारी विभाग र डिपार्टमेन्ट गभर्नमेन्ट इफिशियन्सीले विभिन्न देशलाई अमेरिकी सहयोग रोक्ने घोषणा गरेको थियो ।

Garima Development Bank
Shivam Cement
IME remit

यो घोषणामा भारतमा मतदान प्रवर्द्धन गर्न कोष पनि समावेश थियो। यस्तै अमेरिकाले नेपाल लगायतका अन्य देशहरुलाई प्रदान गर्दै आएको आर्थिक सहायता समेत रोकेको छ ।  

Bizshala
Sagarmatha Cement
Muktinath Bikas Bank Limited
Global IME Bank Limited
Nabil Bank Limited
Shikhar Insurance

हाम्रो बारेमा

Bizshala.com, operated by SOS Media Pvt. Ltd., stands as Nepal's premier financial news portal. With a keen focus on the economy, capital markets, real estate, banking and financial institutions, merchant banking, investment tools, insurance, tourism, the automotive industry, and beyond, it delivers fresh, in-depth, and investigative reporting. Since its inception, Bizshala has rapidly emerged as the nation's leading economic news platform, driven by a team of seasoned and accomplished financial journalists. Committed to delivering investigative, accurate, and innovative content, Bizshala approaches every story through a distinct economic lens, catering to the interests and curiosities of its readers.